Widgets

Home » » चीनमा छुरा प्रहारमा परी मृत्यु हुनेको संख्या पाँच पुग्यो

चीनमा छुरा प्रहारमा परी मृत्यु हुनेको संख्या पाँच पुग्यो

Written By sangalo on Friday, March 14, 2014

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
३० फागुन, बेइजिङ । मध्य चीनमा शुक्रबार बिहान भएको छुरा प्रहारमा परी मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ । यसअघि घाइते भएका एकजनाको अस्पतालमा मृत्यु भएको हो । बजारमा भएको आपसी विवादका कारण एकजना व्यक्तिले छुरा प्रहार गरेको थियो । पछि सो व्यक्तिको पनि प्रहरी कारबाहीमा परी ज्यान गएको बताइएको छ । चीनमा करिब दुई हप्ताअघि भएको छुरा प्रहारपछि शुक्रबार पुनः यो घटना भएको छ । यस घटनामा पनि यसअघि जस्तै आतङ्कवादीको संलग्नताको आशङ्का गरिएकोमा त्यसो नभएको प्रहरीले जनाएको छ । शुक्रबारको यस घटनामा भने प्रहरीले आतङ्कवादीको संलग्नता नदेखिएको बताएको छ । चिनिया सरकारी समाचार समिति सिन्हृवाले दिएको जानकारीअनुसार चीनको हुनान प्रान्तको चान्सा भन्ने स्थानमा रहेको बजारमा सामान किन्न गएका सर्वसाधारणका बीचमा एक व्यक्तिले छुरा प्रहार गरेको थियो । रासस/सिन्हृवा

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger