भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
जोहोरबारु । मलेसियामा एक नेपालीले रेलको लिकमा हामफालेर आत्महत्या गरेका छन् । महोत्तरीको सरपल्लो -९ घर भई जोहोरको सेनाई पिण्डुमा रहेको अल्टम कम्पनीमा कार्यरत अन्दाजी २२ वर्षका राकेश शहनीले आत्महत्या गरेका हुन् ।
गत सोमवार १० वजेतिर खाना खाई उनी होस्टलवाट वाहिरिएका थिए । त्यसको केहि समयपछि सालिङमा रहेको रेलको लिक पुगेर उनले आत्महत्या गरेका थिए ।
रेलले हर्न वजाउदा पहिलोपटक वाहिरिए पनि उनी फेरि लिकमै फर्किएर बसेको प्रत्यक्षदर्शीले बताएका छन् ।
तिव्र गतिमा आएको रेलले उनलाई क्षतविक्षत हुनेगरी किचेको उनका भिनाजु संजय सहनीले जानकारी दिए । मृतक शहनी चार वर्षदेखि मलेसियामा कार्यरत रहेका थिए । उनको शवलाई शुक्रबार नेपाल पठाइएको छ ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.