Widgets

Home » » "फिल्म नचले पनि काम पाउँछु" भन्छिन सुमिना घिमिरे

"फिल्म नचले पनि काम पाउँछु" भन्छिन सुमिना घिमिरे

Written By sangalo on Sunday, March 31, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


सुमिना घिमिरेलाई अभिनयमा राम्रो सम्भावना बोकेकी नायिकाको रुपमा हेरिन्छ । पहिलो फिल्म 'दुलही' ले नै उत्कृष्ट नवनायिका विधामा चार अवार्ड दिलायो । ' छविलाल कञ्जुस छैन', 'किन मायामा', 'सडक', 'हेल्लो प्रकृति', 'तिम्रो लागि', 'माई ब्रदर' लगायतका फिल्म यिनका चार वर्षका उपलब्धि हुन् । पछिल्लो फिल्मा 'नाइन ओ क्लक' चैत १६ देखि नेपालव्पापी प्रदर्शनमा छ । यही फिल्मको पि्रमियर गर्न सुमिना पहिलोपटक हङकङ आएकी थिइन । 'दुलही' मा सीधासादा गाउँले केटीका भूमिकामा देखिनुभएकी 'नाइन ओ क्लक' मा यौनकर्मी बन्नुपर्दा अप्ठ्यारो लागेन ? यो फिल्मबारे धेरैजना कन्फ्युजमा छन् । पहिले 'ए सिक्स्टी नाइन' नाम राखिँदादेखि नै समस्या आएको थियो । कथामा केही परिवर्तन गरी 'नाइन ओ क्लक' बनाइएको हो । नराम्रा दृश्य केही छैनन् । त्यस्तो हुने भए म आफैं अभिनय गर्दिनथें नि । अहिलेका युवापिँढी क्षमताभन्दा ठूलो सपना देख्छन् । जसले गलत बाटोतर्फ डोर्‍याउन सक्छ । थोरै समयमा धेरै कमाइ मोजमस्तीमा रमाउने सपना देख्नेहरूलाई फिल्मले कुबाटोमा नलाग्न पोजेटिभ म्यासेज दिएको छ । फिल्ममा मैले साडी र कुर्ता सुरुवाल बाहेक पनि राम्रो गर्न सक्छु भन्ने जस्टिफाइ गरेकी छु । महत्त्वाकांक्षी यौनकर्मीको भूमिका गर्नुभएको छ, कथा वास्तविकतासँग कत्तिको मेल खान्छ ? यो हाम्रै समाजभित्रको कथा हो । मैले यसबाट निकै होप गरेकी छु । फिल्म हेरेपछि कसैले पनि पैसा कमाउन त्यस्तो गलत बाटो अपनाउनु हुन्न होला भन्ने लागेको छ । हङकङेली दर्शकको कस्तो प्रतिक्रिया पाउनुभयो ? सोचेको भन्दा धेरै राम्रो । थप ऊर्जा मिलेको छ । अहिलेका अधिकांश चलचित्रमा यौन प्राथमिकतामा पर्ने गरेको छ, यस्तो कहिलेसम्म चल्ला ? पहिलेका फिल्म पनि चलिरहेकै थिए । सेक्स ओरियन्टेड भयो भने एक दिन भए पनि चल्छ भन्ने मानसिकता छ । जुन चल्यो त्यही धारमा हिँड्ने प्रवृत्ति छ । यसैका कारण समेत पुराना निर्देशक कन्फ्युजमा हुनुभाको जस्तो लाग्छ । तर, चलचित्र बजारमा यस्तै फिल्म चल्छ भनेर ग्यारेन्टी दिन सकिँदैन । निर्माताहरू चलचित्रमा कम, हिरोइनमा बढी लगानी गर्छन् रे ? मैले अहिलेसम्म त्यस्तो भेटेकी छैन । यस क्षेत्रमा लागेर अहिलेसम्म केही गुमाउनुपरेको पनि छैन । बरु छोटो समयमै चर्चा पाएकामा गर्व लाग्छ । 'दुलही’ बाट चार-चारवटा अवार्ड पाउनुभयो, के यी विशुद्ध हुन् ? मेरो अवार्ड एकदम फेयर हो । मसँग कहाँ पैसा थियो र दिनु । मलाई निर्देशकले पहिले नै यो चलचित्रबाट अवार्ड पाउँछौ भन्नुभएको थियो । यसले अझ राम्रो काम गर्ने शक्ति दिएको छ । अझै आठ-दस वर्ष त म आफ्नो फिल्म नचले पनि काम पाउँछु । निर्माता/निर्देशकले रोज्जुपर्ने तपाईंमा त्यस्ता के-के खुबी छन् ? म सुटिङमा टाइममा पुग्छु । राम्रो काम गर्ने प्रयास गर्छु । सबैसँग घुलमिल हुन्छु । इमानदारीका साथ पूरा समय दिन्छु । एउटाको सुटिङ नसकी अर्को चलचित्रमा साइन गर्दिनँ । नयाँ प्रोजेक्ट ? क्रषिराज आचार्यको निर्देशनमा बन्ने फिल्म 'मिस्टेक' । पारिश्रमिकका मामिलामा नायिका बढी शोषित छन् रे ? पहिले हिरोका तुलनामा हिरोइनले निकै कम पाउँथे । तर अहिले त नायक/नायिकाको बराबरी जस्तै छ । पारिश्रमिक कति लिनुहुन्छ ? दुई लाखदेखि सवा दुई लाख । सधैं यत्ति नै भन्ने हुँदैन । कतिपय बेला रिलेसनको कुरा पनि हुन्छ । पहिलो चलचित्र 'छविलाल कञ्जुस छैन' मा ५१ हजार र 'दुलही' मा ७५ हजार लिएकी थिएँ । राजनीतिमा कत्तिको रुचि छ ? मेरी दिदी (साधना घिमिरे) पद्मकन्या क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनकी कोषाध्यक्ष हुनुहुन्छ । यसैले पनि कहिलेकाहीँ हामीबीच राजनीतिक बहस चल्छन् । देशमा भइरहेका गतिविधिबारे जानकारी राख्छु । प्रेम सम्बन्ध कस्तो चल्दै छ ? सम्बन्ध जोडिएको दुई वर्ष जति भयो । राम्रै चलिरहेको छ । उहाँ व्यवसायमा संलग्न हुनुभएकाले भेट निकै कम हुन्छ । फेसबुक र च्याटमा समेत म निकै कम बस्ने भएकाले बढीजसो फोनमै कुरा हुन्छ । चलचित्र क्षेत्रमा 'सेक्रिफाइस’ शब्द निकै चल्तीमा छ । यो हल्ला मात्र हो कि सत्यता पनि छ ? मान्छे सबै एकनास हुँदैनन् । कसैले गलत गरेका पनि होलान् । तर मैले स्ट्रगल पिरियडदेखि अहिलेसम्म केही सेक्रिफाइस गर्नु परेको छैन । आफू राम्रो हुनुपर्दो रहेछ । यस्ता कुरा त फिल्म इन्डस्ट्रीबाहिर पनि हुन्छन् । तर हामी मिडिया नजिक रहेकाले बढी सुनिएका हुन् । दुई जनाको अन्डरस्ट्यान्डिङमा त जे पनि हुन सक्छ नि, होइन र ? परिवारका कुनै सदस्यले नअँगालेको यो पेसामा कसरी आउनुभो ? हाम्रो घर सुर्खेत हो, तर बुबाको जागिरका कारण ११ वर्ष दाङ बस्यौं । म सानैदेखि नाचगान भनेपछि हुरुक्कै हुने हुँदा स्कुलका कार्यक्रमहरूमा नियमित भाग लिन्थें । एसएलसीपछि काठमाडौं आएकी हुँ । नर्स बन्ने सपना थियो । ब्याचलर गर्दैगर्दा छुट्टीको समयमा नृत्य सिक्न पुगें । त्यहीबेला पहिलोपटक 'सिग्नेचर' मा अभिनयको प्रस्ताव आएको हो । तर त्यो फिल्म अहिलेसम्म रिलिज भएको छैन । हङकङ कस्तो लाग्यो ? साह्रै लोभलाग्दो ठाउँ रहेछ । जताततै झिलिमिली । हाम्रोमा लाइट छैन, यहाँका जनताले उज्यालो कम गर्न सरकारसमक्ष माग राखेको थाहा पाउँदा अचम्म लाग्यो । यताको लाइट हाम्रामा लैजान पाए कस्तो हुन्थ्यो होला है ? समय थोरै भएकाले यस पटक धेरै ठाउँ भने घुम्न पाइएन, तर पुनः आउनेछु ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger