Widgets

Home » » थाईल्याण्डमा शिक्षिकाको गोलीहानी हत्या

थाईल्याण्डमा शिक्षिकाको गोलीहानी हत्या

Written By sangalo on Friday, March 14, 2014

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
३० फागुन, बैंकक । द्वन्द्वग्रस्त दक्षिणी थाईल्याण्डमा शुक्रबार एकजना शिक्षिकाको गोली हानी हत्या गरिएको छ । शुक्रबार बिहान भएको हत्यापछि ती शिक्षिकाको शवमा आगो पनि लगाइएको प्रहरीले जानकारी दिएको छ । यसअघि पनि उक्त क्षेत्रमा शिक्षिकामाथि गोली हानी हत्या गर्ने गरिएको थियो । उक्त जघन्य अपराधको यो पछिल्लो शङ्खलाका रुपमा शुक्रबार शिक्षिकाको हत्या गरिएको हो । दक्षिणी थाईल्याण्डको पटानी प्रान्तको मायो जिल्लामा रहेको एक प्राथमिक विद्यालयमा अध्यापन गराउने ती शिक्षिका ४२ वर्षकी थिइन् । शुक्रबार बिहान स्कुटर चढेर उक्त विद्यालय जाँदै गर्दा उनीमाथि सो गोली प्रहार भएको अधिकारीहरुले जानकारी दिएका छन् । एकजना स्थानीय प्रहरी अधिकारीले ती शिक्षिकामाथि स्कुटर चलाइरहेकै बेलामा गोली हानिएको र उनी भूईँमा लडेपछि आगो लगाएर भागिएको प्रत्यक्षदर्शीले बताएको जानकारी दिए । थाईल्याण्डको दक्षिणी सो क्षेत्रमा हत्या हुने शिक्षकमा उनी १७१ औं हुन् । यसअघि पनि १७० जना शिक्षकको यसरी नै लुकिछिपी गोली हानेर हत्या गरिएको थियो । उक्त क्षेत्रका विगत लामो समयदेखि जारी रहेको यस्तै हत्या हिंसामा परी कम्तीमा पनि पाँच हजार ९०० जनाको ज्यान गइसकेको छ । उक्त क्षेत्रमा लगभग दिनहुँजसो नै हत्या एवम् हिंसा हुने गरेको छ । जसका कारण त्यहाँका जनजीवन नै नराम्ररी प्रभावित हुने गरेको छ । मलेसियाको सीमानामा रहेका अल्पसंख्यक विद्रोहीहरुले त्यहाँ सशस्त्र विद्रोह गरिरहेका छन् । उनीहरुले अलग्गै एवम् जातीय राज्यको मागगरी सो विद्रोह जारी राखेका हुन् । रासस/एएफपी

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger