Widgets

Home » » अण्डरवयेर किन्दा ५० हजार डलरको गोप्य अंग इन्सुरेन्स अफर

अण्डरवयेर किन्दा ५० हजार डलरको गोप्य अंग इन्सुरेन्स अफर

Written By sangalo on Friday, March 14, 2014

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
undz-fast-food-trunk-front
क्यानडाको एक अण्डरवयेर उत्पादक कम्पनीले आफ्ना ग्राहकलाई अनौठो अफर दिएको छ । अमेरिकी पत्रिका हफिङटन पोष्टका अनुसार उत्पादक कम्पनीले आफ्ना ग्राहकको लिंगको इन्सुरेन्स गरिदिने घोषणा गरेको छ । शनिवार (मार्च १५ देखि) लागू हुने यो अफरअन्र्तगत अन्डज अण्डरवेयरको ३ वा सोभन्दा बढि थान खरिद गर्ने ग्राहकलाई ५० हजार अमेरिकी डलर बराबरको लिंग इन्सुरेन्स गरिने छ । इन्सुरेन्स पोलिसीअनुसार कुनै पनि ग्राहकको लिंग शरिरबाट छुट्टीएमा उसले ५० हजार डलर क्षतिपूर्ति पाउने छ । ‘अहिलेसम्म एउटा मानिसलाई उसको कार, कुकुर, घर, जमिन र जीवनकै बीमा सुबिधा उपलब्ध थियो तर उसकै लिंगको इन्सुरेन्स थिएन’ अन्डज कम्पनीका संस्थापक बेरनार्ड डोरले भने–‘संसारभरका पुरुषहरुलाई उनीहरुको सबैभन्दा अमूल्य सम्पत्तिको सुरक्षा गर्ने अबसर हाम्रो कम्पनीले दिँदै छ । संसारकै सबैभन्दा अग्रणी इन्सुरेन्स कम्पनीलाई यो अभियानमा साथ पाउँदा हामी उत्साहित छौं ।’ सर्जरी गरेर आफ्नो अंग हटाइएमा भने यो स्कीमले इन्सुरेन्स रकम दिने छैन् । हरेक बर्ष १६ हजार मानिसको गोप्य अंग नष्ट हुने गरेको भन्दै सो कम्पनीका प्रवक्ताले इन्सुरेन्स पोलीसी केवल प्रचारका लागि मात्र नभएर मानिसको महत्वपूर्ण अंगको सुरक्षाप्रति सचेत बनाउन ल्याइएको बताए ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger