Widgets

Home » » अण्डरवेयर प्रतिवन्धविरुद्ध महिलाहरु सडकमा उत्रिए

अण्डरवेयर प्रतिवन्धविरुद्ध महिलाहरु सडकमा उत्रिए

Written By sangalo on Tuesday, February 18, 2014

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
kazakhstan
लेसयुक्त अण्डरवेयरमाथि प्रतिवन्ध लगाउने सरकारी निर्णयको बिरोधमा काजकिस्तानमा प्रर्दशन भएको छ । खासगरि महिलाहरु हातमा लेस भएको अण्डरवियर बोकेर प्रदर्शनमा उत्रिएका छन भने कतिले आफ्नो पुरानो कट्टु लगेर शालिकहरुमा लगाइदिएका छन् । रुसी नेतृत्वको कस्टम्स युनियनमार्फत काजकिस्तान, रुस र बेलारुसमा लेस भएको अण्डरवियरको उत्पादन, आयात र विक्रीमा रोक लगाईको छ । २०११ मा बनेको यो नियम आगामी जुलाई १ तारिखबाट लागू हुनेछ । यो नियम लागू भएमा तीन मुलुकका भित्री बस्त्र स्टोरमा रहेका करिव ९० प्रतिशत कपडा अबैधानिक ठहर हुनेछन् । राजधानी अल्माटीबाट पक्राउ परेका सातमध्ये एक महिला हातमा अण्डरवियर बोकेकी थिइन् । उनले यो आफ्नो लेस भएको अन्तिम अण्डरवियर भएको भन्दै चिन्ता जनाइन् । प्रहरीले उनीहरुलाई जरिवाना तिराएर मुक्त गरेको भएपनि कट्टु प्रतिबन्धविरुद्धको आक्रोश थामिएको छैन् । रबरको लेस भएको अण्डरवेयरले स्वास्थ्यमा प्रतिकूल असर पार्ने भन्दै तीन मुलुकले बनाएको युरासियन युनियनले दुई बर्ष अगाडी नै प्रतिबन्धको घोषणा गरेको थियो । दुई बर्षको समय दिँदा पनि कपडा उत्पादकहरुले यसलाई गम्भीर रुपमा नलिएको र सरकारी निर्णयलाई चुनौती दिन खोजेको भन्दै रसियाका एक मन्त्रीले जसरी पनि घोषणा कार्यन्वयन गरेरै छाड्ने कडा टिप्पणी गरेका थिए । सन् २०१० मा मात्र सुरु भएको युरासियन युनियनले सोभियत युनियन ब्युँताउन खोजेको चर्चा हुन थालेपछि त्यसको निर्णयका बिरोधमा महिलाहरु प्रर्दशनमा उत्रिएका हुन् ।
 स्रोत: अनलाईनखबर

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger