भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
फाल्गुन ९ गतेबाट काठमाण्डौका मुख्य हलसहित उपत्यका बाहिरका ४० वटा हलमा ‘सम्राट’ नामक सिनेमा प्रदर्शनमा आउने भएको छ । लिगेस लिलाधर भट्टराइको निर्देशनमा तयार भएको यो सिनेमामा नायक विराज भट्ट मुख्य भूमिकामा छन् । उनको साथमा चलचित्रमा रुवि सिंहको पनि अभिनय छ । योज्ञराज घिमिरे र ओम प्रकाश अग्रवाल निर्माता रहेको चलचित्रको प्रस्तुतकर्ता सुरज खड्का हुन् । पूर्णतया पारिवारिक एक्शन लभस्टोरी यो सिनेमामा दर्शकले नायक विराज भट्टको आकर्षक द्वन्द्व हेर्न सक्नेछन् । यो चलचित्र काठमाण्डौका विश्वज्योती, अष्टनारायण, गंगा, कलंकी, गोपिकृष्ण, बारही, सिद्धार्थ लगायतका हलमा प्रदर्शनमा आउनेछ । चलचित्रको वितरक सुनिल मानन्धर हुन् । स्रोत : अनलाईनखबर
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.