भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
प्रायः महिलाहरु शरिरका रौंलाई देखि सहँदैनन् । उनीहरु हजारौं रुपैयाँ खर्च गरेर ब्युटिपार्लर धाउँछन् तिनै रौं हटाउन र सुन्दरी बन्न ।
तर, भारतीय मूलकी बेलायती युवती हर्नाम कौरलाई यी सब कुरादेखि दिक्क लाग्छ ।
झट्ट हेर्दा उनी कुनै पंजावी सरदारझैं देखिन्छिन् । मुखभरि झ्याप्प दाह्री छन्, हात, खुट्टा र छाती पनि मर्दका जस्तै बाक्ला रौंले भरिएका छन् । तर, उनलाई ब्युटिपार्लर धाउने, ‘वेक्सिङ’, ‘सेभिङ’ र ‘ब्लिचिङ’ गर्ने रहर छैन ।
कौर भन्छिन्र– यी दाह्री सुम्सुम्याउँदा मलाई महिला भएको महसुस हुन्छ, आफैलाई हेर्दा म निकै सेक्सी छु जस्तो लाग्छ ।’
११ बर्षको उमेरदेखि हर्नामको अनुहारमा रौं पलाउन थालेको हो । अहिले उनी २३ बर्षकी भइन् । सुरुका ५ बर्ष उनका लागि निकै पिडादायी रहे । भगवानले श्राप दिएर यस्तो बनाइदिएको जस्तो उनलाई लागेको थियो ।
‘अनुहारका रौं हटाउन हप्ताको दुईपटक ब्युटिपार्लर जान्थेँ, तर दाह्री जुँगा झन् झन् बाक्लो हुँदै गयो । हद भएपछि म घर बाहिर निस्कनै छाडिदिएँ ।’ उनले बिगत सम्झदै भनिन्–‘कतिपटक आत्महत्याको प्रयास पनि गरेँ ।’
उनले स्कूलमा आफ्ना साथीहरुबाट ठूलो अपमान सहनु परेको थियो । साथीहरुले ‘भुत्ले केटी’, ‘दाह्रीवाल केटी’ भनेर जिस्काउँथे भने कतिले ‘हिजडा’ पनि भन्थे ।
कतिले इन्टरनेटमार्फत् ज्यान मार्नेसम्मको धम्की पनि दिए । उनलाई लाथ्यो– मेरो दाह्री जुंगाले यिनलाई के बिगारेको होला ?
वास्तवमा हर्नामलाई ‘पोलिसिस्टिक ओभरी सिन्ड्रोम’ भन्ने रोग लागेको थियो जसका कारण महिलाको अनुहारमा रौं पलाउँछन् । यो रोग निको नहुने जानकारी पाएपछि १६ बर्षको उमेरमा उनले कठोर निर्णय लिइन् ।
‘मैले शिख धर्म अबलम्बन गरेँ’ उनले सम्झिइन– ‘त्यसपछि मेरा लागि साथीहरुको खिसिट्युरी र घृणा केही जस्तो पनि लागेन् ।’ शिख धर्ममा दाह्री र कपाल काट्नु पाप हो । त्यसले उनले आफ्नो दाह्री कपाल काटेर पाप बोक्न चाहन्निन् ।
उनी भन्छिन–‘मलाई भगवानले यस्तै बनाउनुभयो, यसमा खोट देख्नु हुँदैन् ।’
शिख धर्म मान्ने निर्णयमा बाबुआमाले बिरोध जनाए सुरुमा । अहिले उनको कदमलाई समर्थन गरेका छन, सवैभन्दा ठूला सहयोगी हुन उनकै भाई ।
आफ्नो दाह्रीले नारी हुनुको अनभूतिलाई अलिअलि पनि कमी नगरेको उनी बताउँछिन् । ‘म पसल गएर गहना किन्छु, स्कर्ट लगाउँछु, नङ पाल्छु, अरु केटीहरु जे गर्छन, ती सवै काम गर्छु’ उनले भनिन् ।
दाह्रीले आत्मबिश्वासमा कुनै कमी नआएको र आफ्नो जीवनसाथी भेटिनेमा पनि बिश्वस्त रहेको उनी बताउँछिन् ।
आफ्नो कथाले यस्तै अबस्था भोग्न बाध्य बिश्वभरका महिलालाई आत्मबिश्वास र हौसला मिलोस भन्ने उनी चाहान्छिन् । त्यसैले उनले युट्युवमा आफ्नो भिडियो पनि अपलोड गरेकी छिन् ।
‘धेरैले निकै राम्रो प्रतिक्रिया दिएका छन’ उनी उत्साहित हुँदै भनिन् ।
महिलाको पाठेघरमा पुरुषको शरिरमा हुने हर्मोनको मात्रा बढी भएपछि महिलामा पनि दाह्री जुंगा पलाउँछन् । शरिरमा हर्मोनको मात्रा हेरफेर गरेर दाह्री पलाउने क्रमलाई कम गर्न भने सकिन्छ ।
दाह्री जुंगा पलाए पनि महिलाले गर्भ धारण गर्न भने सक्छन् ।
-एजेन्सी
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.