Widgets

Home » » Windows 8.1 अक्टोबरमा

Windows 8.1 अक्टोबरमा

Written By sangalo on Saturday, August 24, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


माइक्रोसफ्टले विन्डोज अपरेटिङ सिस्टमको नयाँ संस्करण आगामी अक्टोबरमा सार्वजनिक गर्ने भएको छ। विद्यमान विन्डोज ८ मा केही सुधार गरी विन्डोज ८.१ सार्वजनिक गर्न लागिएको हो। विन्डोज ८ बाट हटाइएको स्टार्ट बटनलाई अरू केही फिचर्ससहित राखेर आगामी अक्टोबर १८ मा विन्डोज ८.१ सार्वजनिक गर्न लागिएको माइक्रोसफ्टले जनाएको छ। माइक्रोसफ्टका अनुसार विन्डोज ८ चलाइरहेकाहरूले विन्डोज ८.१ निःशुल्क डाउनलोड गर्न सक्नेछन्। विन्डोज ८ लाई अपग्रेड गर्ने डाउनलोड भर्सन मात्र नभएर फूल रिटेल भर्सन समेत अक्टोबर १८ मै उपलब्ध हुनेछ।

विन्डोज ८.१ मा पर्सनलाइजेसन, इन्टरनेट एक्स्प्लोलर ११, विंग सर्च तथा सुधारिएको विन्डो स्टोरका साथै स्काइ ड्राइभ कनेक्टिभिटी आदि सुधार अनुभूति गर्न सकिनेछ। टचस्क्रिन सपोर्ट गर्ने पहिलो विन्डोज अपरेटिङ सिस्टम  विन्डोज ८ लाई प्रयोगकर्ताले खासै मन नपराएपछि माइक्रोसफ्टले त्यसमा केही सुधार गरेर विन्डोज ८.१ तयार पारेको हो।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger