Widgets

Home » , » कुबेतको फहाहिल क्लबमाथि नेपालको सानदार जीत

कुबेतको फहाहिल क्लबमाथि नेपालको सानदार जीत

Written By sangalo on Sunday, August 25, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
९ भदौ, काठमाण्डौं । साफ च्याम्पियनसिपको तयारीका क्रममा कुबेतमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले मैत्रिपूर्ण खेलमा स्थानीय फहाहिल फुटबल क्लबलाई पराजित गरेको छ । गएराति भएको खेलमा नेपालले ३-० गोल अन्तरको जित निकालेको हो । खेलको २० औं मिनेटमा अनिल गुरुङले गोल गर्दै नेपाललाई १-० को अग्रता दिलाए । दोस्रो हापको सुरुमा नै टेक बुढाथोकीले नेपालको अग्रता दोब्बर पारे भने ६८ औैं मिनेतमा अनिलले व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई ३-० को जित दिलाए । नेपालले यसअघि कुबेतको २० वर्ष मुनीको टिम र स्थानीय अल अरबी फुटबल क्लबलाई पराजित गरेको थियो । बहराइन हुँदै कुबेत पुगेको नेपाली राष्ट्रिय टोली आज राति स्वदेश र्फकँदैछ । नेपाली टोली राति पौने ९ बजे नेपाल आईपुग्ने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । साफ च्याम्पियनसिप फुटबल भदौ १६ गते देखि काठमाण्डौमा हुँदैछ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger