Widgets

Home » , » अख्तियारद्वारा ४१ करोड मागदाबीसहित मुद्दा दायर ट्रान्सर्फमर खरिद प्रकरण

अख्तियारद्वारा ४१ करोड मागदाबीसहित मुद्दा दायर ट्रान्सर्फमर खरिद प्रकरण

Written By sangalo on Sunday, August 25, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

CIAA

काठमाडौं, भाद्र ९ - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरणका प्राधिकरणका कार्यकारी निर्देशक रामेश्वर यादवसहित १० जना उच्च अधिकारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
ट्रान्सफरमर खरिदमा भ्रष्टाचार गरेको भन्दै अख्तियारले ४१ करोड रुपैयाँ मागदाबीसहित मुद्दा दायर गरेको अख्तियारका सहायक प्रवक्ता केशव घिमिरेले जानकारी दिए ।

अनुसन्धानका लागि विशेष अदालतबाट १५ दिन म्याद
राससका अनुसार म्यानपावर कम्पनीहरूले पेस गरेको झुठा विवरणलाई सही छ भनी प्रमाणित गर्ने ३५ कर्मचारीसहित ३९ जनालाई आइतबार विशेष अदालतले थुनामा राखी अनुसन्धान गर्न पन्ध्र दिनको म्याद दिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभागका १७ कर्मचारी, १८ अन्य कर्मचारी र चार वैदेशिक रोजगार व्यवसायीलाई आज अदालत उपस्थित गराएपछि अदालतका अध्यक्ष केदारप्रसाद चालिसे तथा सदस्यद्वय मोहनरमण भट्टराई र भूपेन्द्रप्रसाद राईको इजलासले सो आदेश दिएको उपरजिस्ट्रार केशवप्रसाद घिमिरेले जानकारी दिए ।
आयोगले विभागका ३५ जना कर्मचारीलाई गत शुक्रबार पक्राउ गरेको थियो । 
झुठा कागजातलाई आधार बनाई कम्युप्टरमा प्रविष्ट गर्ने, भाषा अनुवाद गर्ने र ठीक छ भनी फाइल पेस गरी वैदेशिक रोजगारीमा जाने ७७ जना नेपाली नागरिकलाई अनुमतिपत्र दिएको आरोपसहित अख्तियारले ती कर्मचारीलाई पक्राउ गरेको थियो ।


-http://www.ekantipur.com/np/2070/5/9/full-story/374641.html#sthash.1CG5CtNl.dpuf

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger