Widgets

Home » , » डाँडादेखि डाँडासम्म साइकल दौडमा तामाङ प्रथम

डाँडादेखि डाँडासम्म साइकल दौडमा तामाङ प्रथम

Written By sangalo on Sunday, August 25, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
भरतबन्धु थापा
९ भदौ, काठमाण्डौ ।  हिमालयन सिंगल ट्रयाकको आयोजनामा साइकल पर्यटनको प्रर्वद्धनका लागि दोस्रो ‘डाँडादेखि डाँडासम्म साइकल दौड’ प्रतियोगिता आएमान तामाङ प्रथम भएका छन् । साइकल यात्रामा राजकुमार श्रेष्ठ दोस्रो र नारयणगोपाल महर्जन तेस्रो भएका छन् । बुढानीलकण्ठको पानी मुहानबाट सुरु भएको साइकल दौडको पहिलो खण्डमा नागी गुम्बा -तारेभिर -मूलखर्क हुँदै सुन्दरीजलसम्म यात्रा तय भएको थियो । जसको दुरी १४ दशमलब ५ किलोमिटर रहेको थियो भने दोस्रो खण्ड साँखुको मुलढोकाबाट सुरु भएर कात्तिके भन्ज्याङ्गसम्म १३ किलोमिटर दुरी रहेको थियो ।cycling-1
यो दुरी पार गर्नका लागि तामाडले १ घण्टा ५१ मिनेट ०७ सेकेण्ड लगाएका थिए । त्यस्तै राजकुमार श्रेष्ठले १ घण्टा ५१ मिनेट ५१ सेकेण्ड मा दुरी पार गर्दै दोस्रो स्थानमा चित्त बुझाएका छन् । निर्धारित दुरी १ घण्टा ५३ मिनेट ३७ सेकेण्डमा पार गर्दै नारायणगोपाल महर्जनले तेस्रो स्थान बनाएका छन् ।प्रतियोगितामा ४८ जनाले सहभागिता जनाएका थिए । प्रतियोगितामा प्रथम, द्वीतीय र तृतीय हुनेलाई क्रमशः ६ हजार, ५ हजार र ४ हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको छ ।cycling-2
प्रतियोगिताको मूल उद्देश्य नेपालको पर्यटन प्रवद्धनसहित साइकल चढ्ने बानीको विकास गर्नका लागि आयोजना गरिएको हिमालयन सिंगल ट्रयाकका प्रबन्धक धनजीत राईले अनलाइनखबरलाई बताउनुभयो । यस्ता प्रतियोगिताले नेपालमा साइकलको व्यवसायिक विकासमा सहयोग पुग्ने उहाँले बताउनुभयो ।
cycling-3
cycling-4
cycling-5

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger