Widgets

Home » , » निर्वाचन भएर छिट्टै संबिधान बनोस् : रवीशंकर

निर्वाचन भएर छिट्टै संबिधान बनोस् : रवीशंकर

Written By sangalo on Sunday, August 25, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

रवीशंकर

काठमाडौ, भाद्र ९ - भारतीय जनता पार्टीका तर्फबाट राज्यसभामा विपक्षी दलका उपनेता एवम विदेश विभाग प्रमुख रविशंकर प्रसादले नेपालमा तोकिएकै समयमा संविधानसभाको निर्वाचन भएर छिट्टो संविधान निर्माण होस भन्ने भारतको चाहना रहेको बताएका छन् । नेपालको तीन दिन भ्रमणमा आएका रविशंकरले आईतवार राजधानीमा आयोजित एक कार्यक्रममा नेकपा-माओवादी सहितका असन्तुष्ट दलहरुलाई कसरी निर्वाचनमा ल्याउने भन्ने नेपालका राजनीतिक दलहरुको चिन्ताको विषय भएको भन्दै आफूहरुले केवल तोकिएको समयमा निर्वाचन भएर छिट्टो संविधान बनोस भन्ने सुभेच्छा मात्र ब्यक्त गरेको स्पष्ट पारे । उनले भने,'नेपाल लोकतान्त्रिक देशको रुपमा अघि बढोस्, संघीयता र गणतन्त्र अघि बढोस् भन्ने हाम्रो चाहना हो तर यहाँ कस्तो संविधान, शासन ब्यवस्था र सरकार बनाउने भन्ने कुरा नेपाली जनता र यहाँका राजनीतिक दलले फैसला गर्ने कुरा हो । यद्यपि उनले भारतको अनुभव सुनाउादै लोकतन्त्र, नागरिक अधिकार, स्वतन्त्र न्यायपालिका, प्रजातान्त्रिक शासन ब्यवस्था उपयूक्त ब्यवस्था भएको धारणा प्रस्तुत गरे । निर्वाचन नेपाली जनता र दलले गर्ने भए पनि यसमा आफूहरुको सद्भाव रहेको भन्दै उनले त्यसकोलागि आवश्यक सहयोग गर्न भारत तयार रहेको बताए । नेपालको राष्ट्रिय एकता, अखण्डता, सार्वभौमसत्ताको भारत सरकार, भारतका पार्टी र जनताले पूर्ण सम्मान गर्ने स्पष्ट पार्दै उनले नेपाल र भारतवीच आर्थिक विकास, शिक्षा र स्वास्थ्य क्षेत्रको विकासकोलागि सहकार्य आवश्यक रहेको बताए । रविशंकरले नेपाल र भारतवीचको सम्बन्ध राजनीति भन्दा माथि साँस्कृतिक एकताको आधारमा रहेको भन्दै अव यसलाई अझै पारस्परिक सम्मानको आधारमा अघि बढाउनु पर्नेमा जोड दिए ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger