Widgets

Home » , » नेपाली विद्यार्थी धमाधम स्वदेश फिर्ता गोर्खाल्यान्ड आन्दोलन

नेपाली विद्यार्थी धमाधम स्वदेश फिर्ता गोर्खाल्यान्ड आन्दोलन

Written By sangalo on Sunday, August 25, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

Darjeeling

काठमाडौ, भाद्र ९ - छिमेकी भारतको पश्चिम बङ्गाल राज्यअन्तर्गत दार्जिलिङ क्षेत्रमा गोर्खाल्यान्ड आन्दोलनका कारण त्यहाँका विद्यालयमा अध्ययनरत नेपाली विद्यार्थी स्वदेश फर्केर यहाँका विद्यालयमा भर्ना हुन थालेका छन् । नेपालमा पनि विभिन्न आन्दोलन र हडतालको असर तथा भारतमा जस्तो गुणस्तरीय शिक्षा हुँदैन भन्ने आधारमा दार्जिलिङ, खस्र्याङ र कालिङपोङलगायत क्षेत्रमा बर्सेनि हजारौँ नेपाली विद्यार्थी पढ्न जाने गर्छन् । खस्र्याङस्थित सेन्ट हेलेन आवासीय माध्यामिकमा कक्षा ३ मा अध्ययनरत रोबिता श्रेष्ठ हालै काठमाडौँको ज्ञानेश्वरस्थित ग्यालेक्सी पब्लिक स्कुलमा सोही कक्षामा भर्ना भएकी छन् । सन् १८९० मा स्थापित सेन्ट हेलेन विद्यालयले पहाडी क्षेत्रमा आन्दोलनका कारण अर्को सूचना जारी नभएसम्मका लागि भन्दै विद्यालय बन्द घोषणा गरेको छ । धरानका रोसेस श्रेष्ठ र विनु श्रेष्ठकी छोरी रोबिता सेन्ट हेलेनमा गत दुई वर्षदेखि हेस्टेलमा बसेर पढ्दै आएकी थिइन् । आफूले पढेको स्कुलबाट स्थानान्तरण प्रमाणपत्र नल्याएपछि श्रेष्ठले सोही कक्षामा शैक्षिकसत्रको बीचमा भर्ना हुनाको कारण खुलाई प्रवेश परीक्षा दिए पनि ग्यालेक्सीले भर्ना गरेको हो । यस्तै ललितपुरको शुभतारा स्कुलमा पनि भारतबाट फर्केर आएका केही विद्यार्थी भर्ना भएको पाइएको छ । गोर्खाल्यान्डको माग गर्दै गरिएको हडतालले विद्यालय नखुलेपछि आफूसहित त्यहाँ पढ्ने अधिकांश नेपाली विद्यार्थी स्वदेश फर्केको रोबिताले बताइन् । श्रेष्ठले खस्र्याङबाट फर्केर दुई महिना धरानमा बस्दा पनि त्यहाँको आन्दोलन मत्थर नभएपछि काठमाडौँमा पढ्न आएको जनाउँदै भारतमा भन्दा नेपालमै बसेर पढ्न पाउनु खुसीको कुरा भएको प्रतिक्रिया दिइन् । भारतमा आन्ध्र प्रदेशलाई विभाजन गरी तेलङ्गा राज्य बन्ने भएपछि नेपालीभाषीले अलग्गै गोर्खाल्यान्डको माग गर्दै गोर्खा जनमुक्ति मोर्चाको अगुवाइमा पुनः आन्दोलन जारी छ । गत साता सो पार्टीका सहसचिव विनय तामाङसहितका नेता कार्यकर्ता पक्राउ परेपछि अनिश्चितकालीन हडताल चलिरहेको छ । जुनसुकै कारणले भए पनि यसरी विद्यार्थी स्वदेश फर्केकामा यहाँका विद्यालय सञ्चालक पनि खुसी छन् । नेपालको शिक्षाको पुँजी पलायन नहुने वातावरण होस्, यहाँ अभिभावकले खोजेको जस्तो शिक्षा दिन तयार छौँ भनी ती सञ्चालक बताउँछन् । ग्यालेक्सी स्कुलका प्रधानाध्यापक तथा निजी तथा आवासीय विद्यालय एसोसिएन (एनप्याब्सन) का अध्यक्ष गीता राणाले गोर्खाल्यान्ड आन्दोलनका कारण केही विद्यार्थी फर्कन थालेको बताउनुभयो । अध्यक्ष राणाले स्वेदेशी विद्यार्थी र अभिभावकको चाहनाअनुसार आफूहरुले शिक्षा दिँदै आएको र थप अवसर आउँदा तयार रहेको पनि बताइन् । निजी आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन)का महासचिव डिके ढुङ्गानाले भारतबाट विद्यार्थी स्वदेश फर्कनुलाई सकारात्मक मान्दै आफ्नो माटामा बसेर पढ्न त्यस्ता विद्यार्थीलाई आग्रह गर्नुभयो । उनका अनुसार हाल भारतभरि गरेर विद्यालय तहमा मात्रै करिब पाँच लाख नेपाली विद्यार्थी अध्ययन गरिरहेका छन् । स्वदेशमा राम्रो पढाइ हुँदैन भन्ने भ्रम र खुला सिमानाका कारण भारतमा नेपाली विद्यार्थी जाने गरेको उनको बुझाइ छ । जोरपाटीस्थित राय स्कुलका प्रधानाध्यापक केपी पाण्डेले हालसम्म आफूहरुकामा त्यसरी फर्केर आएका विद्यार्थी भर्ना नभए पनि पाठ्यक्रम मिलेको सन्दर्भमा त्यसरी आउने विद्यार्थीलाई सहयोग गर्नु नेपालमा सञ्चालित विद्यालयको दायित्व भएको बताए ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger