Widgets

Home » , » केन्या जेलबाट तीन नेपाली छुटे पोखराका सुवास गुरुङ, उमानन्द गिरी र पुर्ण तुलाचन जेलमु

केन्या जेलबाट तीन नेपाली छुटे पोखराका सुवास गुरुङ, उमानन्द गिरी र पुर्ण तुलाचन जेलमु

Written By sangalo on Sunday, August 25, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
नयाँ दिल्ली, भाद्र ९ - मानव तस्करको जालोमा परेर अफ्रिकाको केन्या पुगेपछि नैरोवीमा जेल परेका तीन नेपाली स्थानीय अदालतले मागेको जरिवाना बुझाएर जेलमुक्त भएका छन् । केन्यास्थित गैर आवासीय नेपाली संघका अध्यक्ष रामचन्द्र बस्यालका अनुसार नक्कली कागजात र भिसाका आधारमा केन्यामा रहेको भेटिएपछि गत असार ३० मा तीन नेपाली पक्राउ परेका थिए । पोखराका सुवास गुरुङ, उमानन्द गिरी र पुर्ण तुलाचन जेलमुक्त भएर शनिबार काठमाडौं पुगेका छन् । बेलायत लैजाने भन्दै जनही १० लाख रुपैंया उठाएर अफ्रिकी मुलुक केन्या 'ट्रान्जिट' पुर्‍याउने एजेन्ट कृष्ण गुरुङ भने अझै सम्पर्कहीन छन् । नेपालीलाई 'अनअराइभल भिसा' सुविधा रहेको केन्यामा एक महिने बसाइको म्याद सकिएपछि अर्को भिसा लगाउने क्रममा एजेन्ट गुरुङले नक्कली स्टिकर र देखावटी 'वर्क-परमिट' भिडाएका थिए । 'यो नक्कली काम र मानवतस्करीको संजालबारे थाहा पाएपछि हामीसाग परामर्श गर्ने क्रममा नैरोवी आइरहेका बेला असार ३० (जुलाइ १४)मा किलेलेस्वा प्रहरीले पक्राउ गरेर थुनामा हालेको रहेछ,' बस्यालले भने । थुनामा राखेको तीन दिनमैं मिलिमानीस्थित अदालतले अनाधिकृत रुपमा केन्या प्रवेश र नक्कली कागजातका आधारमा २ लाख केन्या सिलिङ (२ लाख रुपैंया बराबर) अथवा डेढ बर्ष जेलसजायको निर्णय सुनाएको थियो । पछिल्ला बर्षमा अफ्रिकाको केन्या र तान्जानियालाई 'ट्रान्जिट' बनाएर मानव-तस्करीको संजाल बिस्तार भैरहेकोमा यसमा बिशेष निगरानी राख्न स्थानीय नेपाली समुदायले परराष्ट्र मन्त्रालय, अध्यागमन बिभाग र मुख्य सचिवलाई ध्यानाकर्षण गराएका छन् । अफ्रिकी मुलुकमैं रहेर पनि हाल सम्पर्कहीन रहेका एजेन्ट गुरुङले बिगतमा पनि सयभन्दा बढी नेपालीलाई युरोप लैजाने भन्दै केन्या र तान्जानियामा अलपत्र पारेको प्रमाणसहित गैर आवासीय नेपाली संघका प्रतिनिधिले तस्करीमा जुटेका एजेन्टहरुमाथि निगरानीका लागि अनुरोध गरेका छन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger