Widgets

Home » , » सार्वजनिक स्थलमा आत्महत्या

सार्वजनिक स्थलमा आत्महत्या

Written By sangalo on Sunday, August 25, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
कोलकाता (एजेन्सी), भाद्र ९ - सहरमा बस्नेको मुटु सानो हुँदै गएको छ । निःस्वार्थ सहयोग गर्नु त परै जाओस, परिचितसँग अपरिचितझैं व्यवहार गर्छन् । भारतको कोलकातामा ५० वर्षीया सोमा बख्सीले सार्वजनिक स्थलमा गएर पाँसो लगाउँदा पनि बचाउनलाई कोही आएनन् । एक रूखबाट सेन्ट्रल एभेन्युको बिजुली पोलमा पुगी शुक्रबार बेलुकी ती महिलाले झुन्डिएर आत्महत्या गर्दा त्यहाँ थुप्रैको उपस्थिति थियो । तर, कसैले पनि उनलाई रोकेन । यो घटनामा मानवीय संवेदना पूरै खतम भएको पुष्टि भयो । उनले पछ्यौरीले पासो लगाइरहँदा र मरिसकेपछि पनि कसैले वास्ता गरेनन् । मेट्रो स्टेसन नजिकैको यो निकै व्यस्त र भीडभाड हुने थलो हो । टे्रनबाट स्टेसनमा ओर्लेका एक गाउँलेले यो देखेर नजिकैको ट्राफिक प्रहरीलाई खबर गरेका थिए । त्यो एक्लो प्रहरी र गाउँलेलाई स्थानीयले शव तल ल्याउन सहयोग गरेनन् । थप दुई प्रहरी आएपछि शवलाई तल ल्याएर पोस्टमार्टमका लागि अस्पताल पुर्‍याइयो । आन्दोलन र जनअधिकारको आन्दोलनको थलो मानिने कोलकातामा यसअघि पनि यस्ता थुप्रै घटना भइसकेका छन् । त्यहाँ यौन दुव्र्यवहार हुँदा पनि आतेजातेहरू रमिते भएर हेरेर बस्छन् । एउटा नयाँ स्कुटी, कार र मोटरसाइकल किन्दा हर्न बजाएर छरछिमेक, बटुवा र सारा सहरभरि ढोल पिट्नेहरू यस्ता पीडादायी घटनामा चुप लागेर भलाद्मी बन्ने नराम्रो प्रवृत्ति सुरु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । जँड्याहा श्रीमान्सँग हुने दैनिक झगडाबाट आजित भएर उनले आत्महत्या गरेको प्रहरीले जनाएको छ । विपन्न सोमा महाजाति सदनको फुटपाथमा श्रीमान् र छोरीसँग बस्थिन् । उनकै आयले परिवार चलेको थियो । बेरोजगार श्रीमान्ले लागू पदाथ किनेर श्रीमतीको सबै पैसा सकाउँथे । यही कारणले उनीहरूबीच झगडा भइरहन्थ्यो । प्रहरीले महिलाको श्रीमान्लाई पक्राउ गरेर सोधपुछ जारी राखेको छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger