Widgets

Home » , » खर्चालु पुस्ता सहरिया तन्नेरीका साथमा महँगा सामग्री

खर्चालु पुस्ता सहरिया तन्नेरीका साथमा महँगा सामग्री

Written By sangalo on Sunday, August 25, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

Sagun

काठमाडौ, भाद्र ९ - फिलिपिन्सबाट पाइलट कोर्स सकेर आएका सुदीप श्रेष्ठ, २२, सँग अहिले कम्तीमा २० लाख रुपियाँबराबरका सामग्री छन्। किनमेल भनेपछि हुरुक्कै हुने श्रेष्ठसँग बुलेट वाइक, आइफोन-फाइभ, केही महँगा घडी, जुत्ता र क्यापका साथै ल्यापटप र आइपोड पनि छन्। सुदीप भन्छन्, "देखेको सामान किन्न मन लाग्छ, मन थामिँदैन ।" सुदीप मात्र होइन, सहरिया तन्नेरी पुस्ता पहिरन र ग्याजेटहरूप्रति निकै सोखिन र चुजी हुन थालेको छ। फिल्म, टेलिभिजन, इन्टरनेटजस्ता आमसञ्चारका माध्यमहरूको विस्तारले यस्ता सामग्रीप्रति उनीहरूको चासो अरू गाढा रूपमा प्रकट भइरहेको छ। काठमाडौँको शंकरदेव क्याम्पसमा स्नातक गर्दै गरेका विशाल निरौला, २५, भन्छन्, "हरेक युवा अहिले साथमा राडो कम्पनीको घडी, रेबनको गगल्स, डक्टर मार्टिनको जुत्ता, लेटेस्ट आइफोन, आइपोड र ट्याब होस् भन्ने चाहन्छन्।" पैसाको पिरलो आफ्नो ठाउँमा छ तर नवीनतम ग्याजेटप्रति आँखा लगाउने तन्नेरीहरूका आ-आफ्नै भोगाइ र अनुभव छन्। सामाखुसीका अशोक खत्री, २१, ले एउटा आइपोड किन्न आफ्ना अभिभावकलाई कम्ती रिझाउनु परेन। त्यसैले अहिले सात वर्षपछि पनि त्यो आइपोड उनले सम्झनास्वरूप कोठामा झुन्ड्याएर राखेका छन्। भन्छन्, "अहिले पनि बजारमा नयाँ केही आयो कि भनेर इन्टरनेट सर्च गर्छु।" सुदीपलाई के ढुक्क रहेछ भने वन्सुन्धरामा रहेको एउटा ठूलो घरको भाडा हरेक महिना उनको हातमा पर्छ। परिवार गोरखामा छ, उनी एक्लै यता काठमाडौँमा। ग्याजेटलाई उनी लत मान्छन्। भन्छन्, "मैले एकपटकमा दुई लाख रुपियाँसम्मको सपिङ् गरेको छु।" हुन पनि हो, बजारमा हरेक साता नयाँ-नयाँ ग्याजेट र फेसन देखा पर्छन्। हातमा मौजुदा सामान पुरानो भइहाल्छ। तन्नेरी मन हो, त्यतातिर तानिन्छ नै। झन् टेलिभिजनका स्त्रिmनमा छाउने विज्ञापन, पत्रिकामा छापिने समाचार र इन्टरनेटमा उपलब्ध जानकारी हेरेपछि त्यतातिर नलोभिने कमै होलान्। "त्यसैले त युवकयुवतीमाझ ब्रान्डको कम्पिटिसन नै छ," आफूलाई नयाँ ल्यापटपको अम्मली ठान्ने मोनिका श्रेष्ठ, १८, भन्छिन्, "आफूसँगभन्दा अरूसँग नयाँ भर्सनका सामान देखियो भने हीनताबोध गर्नेहरू पनि त्यत्तिकै छन्।" सिंगारपुरमा पढ्दै गर्दा ललितपुरकी मोनिकाले एक वर्षअघि तीन सय डलरभन्दा बढी रकममा किनेको घडी हराइन्। औधी मनपर्ने ब्रान्डेड घडी हराएपछि उनलाई घरबाट केही सस्तो घडी पठाइयो। तर, उनले लगाइनन्। बरू किनिन्, पाँच सय डलरभन्दा बढी पर्ने म्याकबुक। म्याकबुक नेपालमा दिनप्रतिदिन लोकप्रिय भइरहेको छ। भन्छिन्, "यो भएन भने त मेरो डेली लाइफमा निकै असर पर्छ।" कुनै बेला 'भिडियो गेम पनि किन्ने चीज हो र ?' भन्दै किशोरकिशोरी यो ग्याजेटदेखि टाढा भाग्थे। उनीहरूको तर्क 'यो बालबालिकाका लागि बनाइएको सामग्री' भन्ने हुन्थ्यो। तर, अहिले सहरमा कतिपय किशोरकिशोरी भिडियो गेमका नयाँ मोडलहरूमा झुन्डिएका देखिन्छन्। काठमाडाँैको चेल्सी कलेजमा ए लेभल पढ्दै गरेका राजीव कार्की, १८, ले बुबाको साथमा गएर केही महिनाअघि मात्रै एउटा महँगो ग्याजेट किने। त्यो थियो, ६० हजार रुपियाँ पर्ने भिडियो गेम। फोटोग्राफीमा पनि उत्तिकै रुचि राख्ने कार्कीसँग डेढ लाख रुपियाँको क्यामरा छ। भन्छन्, "फुर्सदका बेला फोटो खिच्ने र भिडियो गेम खेल्ने हो ।" किशोरकिशोरीमा ग्याजेटप्रतिको रुचि पनि पहिरनमा जस्तै फेसनेबल छ। उनीहरूमाझ अहिले सबैभन्दा बढी लोकपि्रय रहेको ग्याजेट हो, स्मार्ट फोन। सडक, सार्वजनिक यातायात र रेस्टुराँहरूमा किशोरकिशोरीहरू विभिन्न भर्सनका स्मार्ट फोनमा गेम खेलिरहेका या इन्टरनेट चलाइरहेका भेटिन्छन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger