Widgets

Home » , » चाडपर्वको बेला अनुगमन गर्न अर्थमन्त्रीको निर्देशन

चाडपर्वको बेला अनुगमन गर्न अर्थमन्त्रीको निर्देशन

Written By sangalo on Sunday, August 25, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

SP Koirala

काठमाडौ, भाद्र ९ - अर्थमन्त्री शंकरप्रसाद कोइरालाले आउादो चाडपर्वलाई ध्यानमा राखी बजारमा आफ्नो उपस्थिति बलियो बनाउन वाणिज्य विभागका कर्मचारीहरुलाई निर्देशन दिएका छन् । वाणिज्य मन्त्री समेत रहेका कोइरालाले नागरिक घोषणापत्र भदौ १५ गतेभित्र कार्यान्वयनमा ल्याउन र उपभोक्ता हक संरक्षणका काममा लाग्न सरोकारवालाहरुलाई अर्‍हाए । जनताको दैनिक जनजीवनसंग प्रत्यक्ष सरोकार राख्ने निकाय भएकाले जनअपेक्षा बढी हुने गरेको दृष्टान्त दिंदै उनले चाडबाडका नाममा बजारमा हुने विकृति रोक्न समयमै सचेत हुन आग्रह गरे । उनले खुल्ला बजार सरकारको नीति भएकाले सरकारी निकायहरुले सहजीकरणको भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । 'तपाईंहरुलाई प्रभावकारी काम गर्न चाहिने सहयोग जुटाउने जिम्मा मेरो भयो । बजार अनुगमनको काम यसरी देखियोस् कि त्यसको अनुभूति सवैले गर्न सकून् । कार्यालयको वातावरण सेवाग्राही मैत्र बनाउनुस् । कार्यालय हातामा सेवाग्राहीका लागि प्रतिक्षालय, शौचालय र खानेपानीको बन्दोबस्त मिलाउनुस्' मन्त्री कोइरालाले भने, 'व्यक्तिगत र संस्थागत अनुगमनमा जाँदा उपभोक्तावादी संघसंस्थाहरुलाई नछुटाउनु होला ।' वाणिज्य तथा आपूर्ति सचिव जनार्दन नेपालले आयात र निर्यातको सन्तुलनका आधारलाई विचार गरी अनुगमन प्रक्रिया तीब्र बनाउन निर्देशन दिए । उनले परिणाममुखी काम गर्न कर्मचारीको ध्यानाकर्षण गरे । वाणिज्य विभागका महानिर्देशक नारायण विडारीले बजार नियमन गरिए पनि विभागको एक्लो प्रयासबाट बजार मूल्य नियन्त्रण गर्न नसकिएको गुनासो गरे ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger