Widgets

Home » , » कांग्रेसद्धारा चितवन बन्द लगातारको बन्दले जनजीवन प्रभावित

कांग्रेसद्धारा चितवन बन्द लगातारको बन्दले जनजीवन प्रभावित

Written By sangalo on Thursday, August 8, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

chitwan

चितवन, श्रावण २५ - मंगलवार प्रहरीले भारतीय नागरिकलाई कुटेको आरोपमा नेपाल तरुणदल भरतपुर नगर समितिका उपाध्यक्ष प्रमिश राई र यमबहादुर कार्कीलाई पक्राउ गरेपछि उनीहरुको रिहाइको माग गर्दै शुक्रवार (आज) दोश्रो दिन पनि चितवन जिल्ला बन्द गरिएको छ । विहीवार तरुणदलको आह्वानमा जिल्ला बन्द गरिएको भएपनि शुक्रवार(आज) भने नेपाली कांग्रेस चितवनको आह्वानमा जिल्ला बन्द गरिएको हो । कार्यकर्ताले विहानैबाट बजार पसल बन्द गराउंदै हिंडेका छन् । त्यस्तै सडकमा ब्यापक मात्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ । वार्ता मार्फत समस्या समाधान गर्न प्रशासन र प्रहरीले चासो नदिएपछि कार्यकर्ता रिहाई गर्न बन्दको विकल्प रोज्नु परेको कांग्रेसका जिल्ला प्रबक्ता साजनकुमार महतोले बताए । आन्दोलन शान्तीपूर्ण भएको र बिहीवार जस्तो उच्छृखंल नहुने महतोले बताए । बन्दले गर्दा विहानैबाट चितवनको जनजीवन प्रभावित बनेको छ । लामा तथा छोटा दुरीका यातायातका साधन चल्न सकेका छैनन । कलकारखाना समेत ठप्प छन् । बन्दको प्रभाव आंशिक रुपमा परेको प्रहरीले जनाएको छ । प्रहरीले बिहीवार विभिन्न्ा स्थानबाट पक्राउ परेका सबै बन्दकर्तालाई सांझ नै छाडेको जनाएको छ । बिहीवार बन्दकर्ताले आधा दर्जन सवारी साधन समेत तोडफोड गरेका थिए । नारायणगढ बजार दिनभर तनाव ग्रस्त बनेको थियो । दोहोरो झडप हुंदा केही प्रहरी र बन्दकर्ता समेत घाईते भएका थिए । एमाओवादी निकट वाईसिएलले ब्यापारीसंग जबरजस्ती चन्दा असुल्दै गर्दा पक्राउ परेका ६ जना कार्यकर्तालाई चितवन बन्द गरेर छुटाएको एक साता नवित्दै कांग्रेस निकट तरुणदलले बन्दको आह्वान गरेको हो । बारम्बारको बन्दले गर्दा सर्बसाधरण मारमा पर्दै आएका छन ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger