Widgets

Home » , » आज 'इदउल फित्र’ सार्वजनिक बिदा

आज 'इदउल फित्र’ सार्वजनिक बिदा

Written By sangalo on Thursday, August 8, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

id

काठमाडौं, श्रावण २५ - रकारले इस्लाम धर्मावलम्बीको महान् पर्व 'इदउल फित्र' का अवसरमा शुक्रबार सार्वजनिक बिदा दिएको छ । यो पर्वमा हरेक वर्ष सार्वजनिक बिदा दिइँदै आएको छ । हिजरी संवत्को 'रमजानल मुबारक' महिनाभर रोजा (व्रत) बसिसकेपछि मुसलमानले हर्षोल्लासपूर्वक 'इदउल फित्र' मनाउने गर्छन् । हिजरी संवत्को आठौं 'साबान' महिनाको अन्तिम तारिखमा आकाशमा चन्द्रमा उदाएपछि रोजा सुरु हुन्छ । 'इदउल फित्र'का दिन बिहान नुहाइधुवाई गरी सेवई, खजुर, फलफूललगायत मीठा परिकार खाने प्रचलन छ । सफा, राम्रा कपडा र अत्तर (सुगन्ध) लगाएर इदगाह -इदको नमाज पढ्नका लागि बनाइएको विशेष ठाउँ) वा मस्जिदमा गएर इदको नमाज (प्रार्थना) पढिन्छ । नमाज पढिसकेपछि एक-अर्कासँग गला मिलाएर इदको शुभकामना आदान-प्रदान गर्दै भाइचारा र आत्मीयता साटासाट गरिन्छ । इदमा आफन्त र छिमेकीहरूलाई बोलाएर सेवई, खजुरलगायतका मिठा खानेकुरा खुवाउने चलन छ । इदको नमाज पढ्नुअघि एक महिनासम्मको रोजामा भएका कमी-कमजोरी निर्मूल गर्न तथा इदको खुसियालीबाट गरिबलाई समेत वञ्चित रहन नदिन 'शदकतुल फित्र' घरका प्रत्येक सदस्यबाट निकालिन्छ । पौने दुई किलो गहुँ वा साढे तीन किलो जौ, चना, खजुर, दाल तथा त्यसको मूल्यबराबरको रकम परिवारका प्रत्येक सदस्यका तर्फबाट गरिबका लागि निकाल्नुपर्छ । हामीकहाँ भने ती वस्तुको मूल्यांकन गरी रकम नै निकाल्ने गरिएको छ । हाजी नबिबक्स मियाँका अनुसार यो पटक एक जना व्यक्तिबाट ७५ रुपैयाँका दरले 'शदकतुल फित्र' निकालिने तय भएको छ । यसरी सम्पत्ति चुक्ता गर्नाले उसँग बाँकी भएको सम्पत्ति शुद्ध हुने विश्वास छ । उक्त रकम गरिब, मिस्किन, दुःखी, फकिर र असहायहरूलाई बाँडिन्छ । २०६८ को जनगणनाअनुसार मुलुकमा इस्लाम धर्म मान्ने मुसलमानहरू ११ लाख ६४ हजार २ सय ५५ छन् । केही वर्ष अघिदेखि इदका अवसरमा सरकारले सार्वजनिक बिदा दिने गरेको छ । इदका अवसरमा विभिन्न राजनीतिक दल संघ-संस्थाले विज्ञप्तिमार्फत शुभकामना दिँदै इदउल फित्रको बरकतले मुलुकमा सुख-शान्ति, स्थायित्व र समृद्धिको वातावरण बनोस् भन्ने कामना गरेका छन् । शरतसंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेस समाजवादी पार्टी -रामसपा), राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टी, मधेसी जनअधिकार फोरम नेपाल, मधेसी जनअधिकार फोरम लोकतान्त्रिक, तमलोपा नेपाललगायतले शुभकामना दिएका छन् । यस्तै इदका अवसरमा गोरखा मुस्लिम युवा समाज, गोरखा-काठमाडौं मुस्लिम समाजलगायतले पनि शुभकामना दिएका छन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger