Widgets

Home » , » साफ एक दिन अगाडि

साफ एक दिन अगाडि

Written By sangalo on Thursday, August 8, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

saff

काठमाडौ, श्रावण २५ - दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले प्राविधिक कारण जनाउँदै पूर्वानिर्धारित मितिभन्दा एक दिनअघि नै साफ च्याम्पियनसिप सुरु गर्ने भएको छ । त्यसैले अब साफको आठौं संस्करण भदौ १५ देखि २६ गतेसम्म काठमाडौंमा हुने भएको छ । अन्तर्राष्ट्रिय प्रचलनअनुसार समूहको अन्तिम खेलहरू एकै समयमा सञ्चालन गर्न साफले प्रतियोगिता पूर्वनिर्धारित मितिभन्दा एक दिनअघि अगाडि नै सुरु गर्ने निधो गरिएको अखिल नेपाल फुटबल संघ -एन्फा) का प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले बताए । यस्तोमा खेलतालिका पनि हेरफेर गरिएको छ । दशरथ रंगशाला र सशस्त्र प्रहरीको हलचोकस्थित मैदान आयोजना स्थल तोकिएका छन् । उद्घाटनमा नेपाल र बंगलादेश दशरथ रंगशालामा भिड्नेछन् । अर्को दिन डिफेन्डिङ च्याम्पियन भारत र पाकिस्तान पनि दशरथ रंगशालामै खेल्नेछन् । त्यसपछि प्रत्येक दिन दुई खेल हुनेछन्, एक रंगशाला र अर्को हलचोकमा । समूहका अन्तिम खेलहरू एकै समय अर्थात् दिउँसो ३ः३० मा सुरु हुनेछन् । दक्षिण एसियाली आठ देश सहभागी हुने प्रतियोगितामा आयोजक नेपालसहित भारत, बंगलादेश र पाकिस्तान समूह 'ए' मा छन् । सातौं संस्करणको उपविजेता अफगानिस्तान, माल्दिभ्स, श्रीलंका र भुटान समूह 'बी' मा छन् । नेपाल फेरि ओर्लियो अन्तर्राष्ट्रिय फुटबल महासंघ -फिफा) ले बिहीबार निकालेको नयाँ वरीयतामा नेपाल एक स्थान ओर्लंदै १ सय ७० औं स्थानमा पुगेको छ । जुलाईमा नेपाल दुई सुधार गर्दै १ सय ६९ औं स्थानमा पुगेको थियो । श्रीलंका एक स्थान फड्को मार्दै नेपालसँगै १ सय ७० औं पुग्यो । भुटान स्थिर रूपमा २ सय ७ औंमा छ । त्यसैले दक्षिण एसियाली वरीयतामा नेपाल र श्रीलंका संयुक्त छैटौंमा छन् । सबैभन्दा माथि अफगानिस्तान -१ सय ३९ औं) छ । त्यसपछि भारत १ सय ४५, माल्दिभ्स १ सय ५३, बंगलादेश १ सय ५८ र पाकिस्तान १ सय ६७ औं वरीयतामा छन् । अफगानिस्तान, भारत र माल्दिभ्स १-१ स्थानमाथि उक्लिएका हुन् । बंगलादेशले ६ स्थान गुमायो । पाकिस्तान अघिल्लो महिना पनि उही वरीयतामा थियो ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger