भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

बेरुत - सिरियाको राजधानी दमासकसनजिकै मङ्गलबार राति सैनिकले गरेको आक्रमणको क्रममा दर्जनौं व्यक्ति मारिनुको साथै घाइते भएको समाचारमा जनाइएको छ। उक्त जानकारी मानवअधिकार समूहले बुधबार बिहान दिएका छन्। सो आक्रमणको क्रममा विषक्त ग्याससमेत प्रयोग भएको समाचारमा उल्लेख छ।
उक्त आक्रमणमा के कतिको हताहति भएको छ भन्ने बारेमा भने अहिलेसम्म पनि केही पत्ता लाग्न सकेको छैन। दमासकस क्षेत्रको पूर्वी र पश्चिम गोउटा इलाकामा आक्रमण गरेको समाचारमा उल्लेख छ। रकेटलगायत विभिन्न आक्रमणमा दर्जनौं व्यक्तिको मृत्यु भएको आशङ्का सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्सले गरेको छ।
सिरियामा सन् २०११ को मार्च महिनादेखि राष्ट्रपति असादको राजिनामा मागगरी आन्दोलन सुरु भएको हो। अहिले सिरियामा क्रुर रुपमा हत्याका घटना भइरहेका छन् र पछिल्ला केही महिनायता हेर्दा त्यहाँ महिनामा कम्तीमा पनि पाँच हजारको ज्यान जान थालेको संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार आयोगले हालै जनाएको छ।
सो आन्दोलनका क्रममा अहिलेसम्ममा एकलाख भन्दा बढी नागरिकको ज्यान गइसकेको अब्जरभेटरी समूहले जनाएको छ। त्यसैगरी १६ लाख व्यक्ति छिमेकी राष्ट्रमा शरणार्थी बन्न पुगेका पनि सो समूहले जनाइएको छ।
सिरियाली शरणार्थी प्रायः छिमेकी राष्ट्र लेवनान, जोर्डन र टर्की पुगेका छन्। उक्त १६ लाख शरणार्थीमा आठ लाख बालबालिका रहेकोपनि अब्जरभेरीले प्रष्ट पारेको छ।
सिरियामा हुने नागरिक हत्यामा घातक हतियारको पनि प्रयोग भएको पाइएको समाचारमा जनाइएको छ। तर सिरियाली सरकारले भने त्यसप्रति असहमति जनाएको छ। अमेरिका र बेलायतले सिरियाले विद्रोहीलाई दबाउनका लागि रासायनिक एवम् घातक हतियारको प्रयोग गरेको र त्यसको अनुसन्धान गरिनुपर्ने बताउँदै आएका छन्।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.