Widgets

Home » » सस्ता आइफोन कस्ता छन्? (फोटो सहित)

सस्ता आइफोन कस्ता छन्? (फोटो सहित)

Written By sangalo on Thursday, August 22, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
Click to enlarge image iphone.jpg
सस्ता आइफोनको प्रतीक्षा गरिरहनु भएको छ? अब धेरै पर्खनु पर्दैन। दुई हप्तापछि एप्पलले आइफोन फाइभ सी र आइफोन फाइभ एसलाई एकै साथ बजारमा ल्याउने तयारी गरेको छ। प्रतिष्ठिति अमेरिकी पत्रिका वालस्ट्रिट जर्नलले एप्पलले आइफोन फाइभ सी र फाइभ एसलाई बजारमा पठाउन थालिसकेको र ती सेप्टेम्बरको सुरुमै बजारमा पुग्ने उल्लेख गरेको छ। एशियाली बजारमा भने यी स्मार्टफोनहरु सेप्टेम्बर २० मा मात्रै लञ्च हुने जनाइएको छ। जापानको प्रतिष्ठित बिजनेस पत्रिका निकीले सेप्टेम्बर २० मा टोकियोबाट एशिया क्षेत्रका लागि दुवै स्मार्टफोन लञ्च हुन लागेको जनाएको छ। प्लाष्टिक निर्मित सस्ता आइफोनले सामसङको बजारलाई टक्कर दिने ग्याजेट विश्लेषकहरुको दाबी छ।

कस्ता छन् फिचर?

आम उपभोक्तालाई लक्ष्यित गरेर ल्याउन लागिएको आइफोन सी नामका यी स्मार्टफोनहरु प्लाष्टिकले बनेका छन्। र सुरुमा कम्तिमा ५ रंगमा आउनेछन्। एप्पलले सस्ता आइफोनमा आइओएस सभेन अपरेटिङ सिस्टम राखेको एप्पलको चियचर्चो गर्ने म्याकर्‍युमरले उल्लेख गरेको छ। ९ एमएम बाक्लो रहने आइफोन सी मा सिङ्गल कोर ए-फाइभ प्रोसेर छ। एप्पलले यो प्रोसेरलाई आइफोन फोर एस र फाइभमा पहिलै प्रयोग गरिसकेको छ।
डिजाइन बडी कर्ब राउन्डेड रहने यी आइफोनहरुको भोल्युम बटन आइपडको जस्तै लामो रहनेछ। आइफोन सी ६४ एमएम चौडाइ र १२०एमएम लम्बाइ रहनेछ। स्क्रिन साइज आइफोन फाइभ शैलीकै ४ इञ्चको रेटिना डिस्प्ले रहनेछ। सस्ता आइफोनमा ८ मेगापिक्सेलको क्यामरा राखिएको छ। एप्पलले सस्ता आइफोनमा धेरै फिचर्स आइफोन फाइभसँग मिल्दाजुल्दा राखेको छ। यसले गर्दा आइफोन फाइभका प्रयोगकर्तालाई आफूलाई अपग्रेड गर्ने दवाब पर्नेछ।

एप्पलले महँगो बजारसँगै सस्तो बजारमा पनि कब्जा गर्न यस प्रकारका आइफोन ल्याउन लागेको बताइन्छ। यस भन्दा पहिला एप्पलले आफ्ना पुराना मोडलहरुलाई सस्तोमा बेच्ने पहल पनि गरेको थियो। तर बजारमा चलेका सस्ता एन्ड्रोइड फोनले उसको योजनालाई विफल पारिदिएपछि सस्ता आइफोन ल्याउन लागेको हो।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger