Widgets

Home » , » महँगिएपछि प्याजमाथि नै डाँका लाग्यो

महँगिएपछि प्याजमाथि नै डाँका लाग्यो

Written By sangalo on Thursday, August 22, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

महँगिएपछि प्याजमाथि नै डाँका लाग्यो

जयपुर - प्याजको भाउ बढ्दा सर्वसाधारण प्रभावित हुनु ठूलो कुरा होयन तर यसको असर लुटेराहरुमा पनि पर्दो रहेछ। तीन हतियारधारी लुटेराले आफ्नो प्राथमिकता फेर्दै प्याज लिएर आएको गाडी नै अपहरण गरेको टाइम्सअफ इन्डियाले जनाएको छ। जयपुर-दिल्ली हाइवेको शिवपुरी गाउँमा लुटेराले प्याजवाला गाडी नै लुटे। प्याजको खुद्रा मूल्य अहिले ६५ देखि ७५ भारु प्रतिकिलो पर्छ। अनौठो रुपको यो घटना गत आइतबार रातिको हो। १० बजे लुटेराले ट्रक चालक मिन्टु र उसको सहयोगी रिङ्कुले ल्याएको ४० टन प्याज लुटेका हुन। 'तीन अज्ञात हतियारधारीले टाटाको ९०७ नम्बरको गाडी रोकेर उनीहरुलाई गाडी किन ठोक्कइस भन्दै झगडा गरेका रहेछन्। दुबैलाई गाडीबाट निकालेर क्षतिपूर्तिका लागि उनीहरुले भनेका रहेछन् ,' शिवपरी प्रहरी चौकीका एक अधिकृतले भने। जव दुबै गाडीबाट बाहिरिए, उनीहरुले ट्रक नै चलाएर हिँडे। त्यसपछि चालकसहित दुबै जना प्रहरी चौकी पुगेका थिए। 'हामीले १०.३० बजे वायरलेस म्यासेज पाइसकेका थियौं। दुई घन्टाको मेहनतपछि हामीले ट्रक रहेको स्थान पत्ता लगायौं,' सहपुरका स्टेसन हाउस अफिसर रत्‍न लालले बताए। प्रहरीले घटनालाई लुटपाट भएको बताएको छ। सोमबार बिहान ६.३० बजेमात्र ट्रक उक्त स्थानबाट ल्याइएको थियो। सोमबार साँझ नै अदालती प्रकृया पूरा गरी ट्रक चालकलाई हस्तान्तरण गरिएको छ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger