भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
२ भदौ, काठमाडौं । सन् १९९९ मा काठमाडौंबाट यात्रुसहित अपहरण गरी अफगानिस्तानको कान्दाहार पुर्याइएको इण्डियन एयरलाइन्स आइसी-८१४ को विमानबारे दिल्लीबाट प्रकाशित सञ्चारमाध्यमले नयाँ खुलासा गरेको छ ।
सिलोङका ब्यापारी उमाशंकर मिश्रले विमान अपहरण हुनुभन्दा ८४ दिन अगाडि मेघालय सरकारका ततकालीन मुख्यमन्त्रीलाई पत्र लेखेर सम्भावित अपहरणबारे जानकारी दिएको सन्डे गार्डियनमा आइतबार शैलेशकुमारले लेखेका छन् । मिश्र पाकिस्तानी गुप्तचर एजेन्सी आइएसआइको पूर्वकर्मचारी रहेको र उनले अपहरणको सूचना आइएसआइबाट प्राप्त गरेर मेघालयका मुख्यमन्त्रीलाई दिएको शैलेशले लेखेका छन् ।
सन् १९९९ डिसेम्बर २४ मा इण्डियन एयरलाइन्सको यो विमान काठमाडौंबाट अपहरण गरी अफगानिस्तानको कान्दाहार पुर्याइएको थियो । आजभन्दा १३ वर्षअघि भएको यो अपहरण काण्डलाई लिएर भारतीयहरुले नेपालको सुरक्षा व्यवस्थालाई दोष दिँदै आइरहेका बेला यस्तो खुलासा भएको हो ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.