भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
२ भदौ, जनकपुरधाम । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री हुँदा एमालेले काम गर्न नदिएको आरोप लगाउनुभएको छ । उहाँले एमाले अध्यक्ष झलनाथ खनाललाई बेइमानको संज्ञा दिँदै आफू यसपालि मिथिलाबाट निर्वाचन लड्ने घोषणासमेत गर्नुभएको छ ।
धनुषाको बरमझिया गाउँमा आइतबार आयोजित सहिद रामवृक्ष यादव, रामकुमारी यादव र शेखर यादवको स्मृति सभामा प्रचण्डले राम्रो काम गर्न खोज्दा एमालेले खुट्टा झिकेको दाबी गर्नुभयो । एमाले अध्यक्ष झलनाथ खनाललाई बेइमान भन्दै प्रचण्डले भन्नुभयो-’प्रष्ट बहुमत नभएकाले एमालेको बैशाखी टेक्नुपर्यो । राम्रो काम गर्दा खुट्टा झिक्यो । अब मेरो हात बलियो पार्नुस् ।’
प्रचण्डले अबको चुनावमा एमाओवादीले भन्दै आएको मिथिला क्षेत्रबाटै चुनाव लड्ने बताउनुभयो । उहाँले पहिचानसहितको संघीयता र संघीयतासहितको संविधान एमाओवादीदले मात्र बनाउन सक्ने दाबी गर्नुभयो । ‘संघीयता मधेसी जनताको सबैभन्दा ठूलो आवश्यकता भएकाले यसलाई प्राप्त गर्न संविधानसभाको दोस्रो निर्वाचन सफलतापूर्वक सम्पन्न गरी संविधान निर्माण गर्न जरुरी छ’ उहाँले भन्नुभयो- ‘पहिचानसहितको सङ्घीयताका पक्षमा जनमत सङ्कलन गर्नु नै निर्वाचनमा जानु हो ।’
तोकिएको मितिमै चुनाव हुने र नयाँ संविधानका लागि दलहरुबीच पाँच महिनाभित्र सहमति गरिने बताउँदै उहाँले सहमति भएन भने छैटौं म महिनाबाट संविधानसभाबाटै मतदान गरी संविधान निर्माण गरिने छ भन्नुभयो ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.