Widgets

Home » , » मनाङ्गेले प्रहरीतिर देखाउँदै भने- ‘यिनीहरुले जबर्जस्ती ल्याए’ विशेष अदालतमा 'डन'को वयान

मनाङ्गेले प्रहरीतिर देखाउँदै भने- ‘यिनीहरुले जबर्जस्ती ल्याए’ विशेष अदालतमा 'डन'को वयान

Written By sangalo on Sunday, August 18, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
२ भदौ, काठमाडौं । सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका डन दीपक मनाङ्गेले आफूलाई अदालतले दिएको समयअगावै प्रहरीले पक्राउ गरेको दाबी गरेका छन् ।
Deepak-manange-1
शुक्रबार पक्राउ परेका उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले आइतबार विशेष अदालतमा उपस्थित गराएको थियो । अदालत परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै मनाङ्गेले भने-’५ दिन अझै बाँकी छ । मलाई त यिनीहरु (प्रहरी)ले जबरजस्ती ल्याएका हुन् । जे पायो त्यही गर्छन् यिनीहरु ।’
मनाङ्गेलाई अदालतले दिएको म्याद असार पहिलो साता नै सकिएको थियो । मुद्दा दायर भएपछि अदालतमा हाजिर हुन १५ दिने म्याद जारी गरिएको थियो । १५ दिन थमाउन पाउने म्याद हुन्छ । उक्त समयमा पनि अदालतमा हाजिर नभए फरारको सूचीमा राखेर प्रहरीले पक्राउ गर्नसक्छ ।
आइतबार अदालतले मनाङ्गेसँग बयान लिएको छ । ‘बयान सकिएको छ, अब सोमबार थुनछेक बहस हुन्छ’ अदालतका रजिष्टार केशव घिमिरेले अनलाइनखबरसँग भन्नुभयो- ‘अहिले सीआईबीकै हिरासतमा पठाइएको छ ।’
गुण्डागर्दीबाट १४ करोडभन्दा बढी सम्पत्ति जोडेको अभियोगमा मनाङ्गेविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जेठ ३ गते अदालतमा मुद्दा दायर गरेको थियो ।
अवैध सम्पत्ति जोडेको अभियोग लागेका परशुराम बस्नेत २ करोड धरौटीमा रिहा भएका छन् भने ३ करोड बुझाउन नसक्दा अर्का डन गणेश लामा थुनामा छन् । लागूऔषधको मुद्दामा थुनामा रहेका अर्का डन चक्रे मिलनसँग अदालतले १ करोड धरौटी मागेको छ भने अभिषेक गिरी भने हालसम्म फरार छन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger