Widgets

Home » , » नाबालक छोरीको बलात्कार गर्ने बाबु पक्राउ

नाबालक छोरीको बलात्कार गर्ने बाबु पक्राउ

Written By sangalo on Sunday, August 18, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
२ भदौ, बैतडी । बैतडीको सलेनामा चार छोराछोरी भएका एक व्यक्तिले आफ्नै नौ वर्षीया छोरीलाई बलात्कार गरेका छन् । रातिको समयमा छोरीलाई बलात्कार गर्ने ३५ वर्षीया बाबुलाई प्रहरीले पक्राउ गरेको छ । स्थानीय इलाका प्रहरी कार्यालय मेलौलीबाट गएको प्रहरी टोलीले उनलाई पक्राउ गरी सदरमुकाम ल्याएको छ । प्रहरीले ढिलो खबर पाएकाले कारबाही पनि ढिलै भएर अघि बढेको इलाका प्रहरी कार्यालय मेलौलीका इन्चार्ज शङ्कर पन्तले बताउनुभयो । असार २८ गते मध्यरातमा आफ्नै बाबुबाट बलात्कृत भएकी बालिका दोस्रो दिन घरबाट भागेर छिमेकीको घरमा गएपछि घटना सार्वजनिक भएको हो । दयालकी जेठी छोरीको बिहे भइसकेको छ भने त्यसपछिकी नौ वर्षीया अर्की छोरी बलात्कृत भएकी हुन् । उनको अर्की छ वर्षीया छोरी र सबैभन्दा कान्छो तीन वर्षीया छोरा रहेको छ ।बलात्कृत बालिकाको जिल्ला अस्पताल बैतडीमा स्वास्थ्य परिक्षण गरिएको प्रहरी निरीक्षक अनिल उप्रेतीले बताउनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger