Widgets

Home » , » टिचिङभित्र संचालित हाम्रो फार्मेसीले ठगी गरेको पुष्टी

टिचिङभित्र संचालित हाम्रो फार्मेसीले ठगी गरेको पुष्टी

Written By sangalo on Sunday, August 18, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
२ भदौ, काठमाडौं । महाराजगञ्जस्थित टिचिङ हस्पिटलको कम्पाउन्डभित्र संचालित हाम्रो फार्मेसीले औषधि खरिद गर्ने विरामीलाई ठग्दै आएको पुष्टी भएको छ । वाणिज्य विभागले आइतबार गरेको छड्के अनुगमनमा हाम्रो फार्मेसीले ठगी गर्दै आएको पुष्टी भएको हो । बद्री जोशी नाम गरेका व्यक्तिले सञ्चालन गरेको हाम्रो फार्मेसीले भेन्टिलेटर सेटमा ४ हजार ३ सय ७३ रुपैयाँसम्म बढी लिएर ठगी गरेको विभागले रङ्गे हात समातेको छ । हाम्रो फार्मेसीमा भेन्टिलेटर सेट खरिद गर्दा ५ हजार ७ सय ५० रुपैयाँ परेकोमा त्यहि समान मनमोहन कार्डियोलोथोरासिस भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा खरिद गर्दा १ हजार ३ सय ७७ रुपैयाँ परेको विभागले जनाएको छ । विभागले हाम्रो फार्मेसीका सञ्चालक बद्री जोशीलाई औषधिजन्य समानमा ठगी गरेको भन्दै आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर हनुमानढोका मार्फत कागजातसहित जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पठाएको छ । गंगालाल कारबाहीमा परेन त्यहि भेन्टिलेटर सेट सहिद गंगालाल राष्ट्रिय मुटुरोग केन्द्र बाँसबारीमा खरिद गर्दा ३ हजार १ सय ५७ रुपैयाँ परेको छ । मनमोहन कार्डियोलोथोरासिसले भन्दा गंगालाले १ हजार ७ सय ८० रुपैयाँ बढी लिएर बिक्री वितरण गरेको फेला पारेपनि विभागले गंगालाललाई कुनै कारबाही गरेको छैन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger