भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
मान्छे निद्रामा बर्बराउने तथा हिड्ने गरेको कुरा त थाहा पाएकै कुरा हो । तर यो दुनियामा यस्ता अद्भुत मान्छे समेत हुँदा रहेछन् जसले निदाएको बेलामा चित्र कोर्छन् र पेन्टिङ समेत गर्छन् ।
निद्रामा हिड्ने कलाकारको उपाधि पाएका ती व्यक्ति बेलायतको एक कला समारोहमा आकर्षणको केन्द्र बन्ने तयारीमा छन् । समाचार अनुसार लण्डनमा आयोजना हुने उक्त अनौठो कला प्रदर्शनीमा निद्रामा चित्र कोर्ने कलाकार ली हाडविनले निद्रामै बनाएका विभिन्न खाले चित्र तथा पेन्टिङका साथै निद्राको समयमा उनका गतिविधि समेटिएका भिडियो समेत सार्वजनिक गरिनेछ । शुक्रबार हुने कार्यक्रममा हाडविन आफै पनि उपस्थित हुनेछन् र फ्यानसँग साक्षात्कार गर्नेछन् ।
स्मरण रहोस् हाडविनले ४ वर्षको उमेरदेखि नै निद्रामा चित्र कोर्ने लगायतका काम गर्न थालेका हुन् । अनौठो कुरा त के भने उनले ब्युँझिएको बेला त्यस्ता चित्र कोर्न सक्दैनन् र केवल निद्राको बेला मात्रै गर्न सक्छन् ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.