भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
२ भदौ, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा डिफेण्डिङ च्याम्पियन म्यानचेस्टर युनाइटेडले विजयी सुरुवात गरेको छ । प्रशिक्षक डेभिड मोएजको डेब्यू खेलमा शनिबार राति म्यानचेस्टर युनाइटेडले स्वान्सीलाई ४–१ गोल अन्तरले पराजित गरेको हो ।
३२ औं मिनेटमा रोविन भानपर्सीको गोलबाट अग्रता लिएको म्यानचेस्टर युनाइटेडका लागि ३४ औं मिनेटमा ड्यानी वेलब्लेकले गोल गरे । ७२ औं मिनेटमा भानपर्सीले व्यक्तिग दोस्रो गोल गर्दै ३–० मा पु¥याए । स्वन्सीका लागि ८२ औं मिनेटमा बोनीले सानत्वना गोल गरे । खेलको अन्तिममा वेलब्लेकले व्यक्तिगत दोस्रो गोल गरेपछि म्यानचेष्टर युनाइटेड ४–१ ले विजयी भयो ।
आर्सनल एस्टनभिल्लासँग ३–१ ले पराजित हुँदा लिभरपुलले स्टोकलाई, फुलहमले सन्डरल्याण्डलाई र साउथह्यापटनले वेष्टब्रोमलाई समान १–० गोल अन्तरले ले पराजित गरेको छ । यसैगरी वेष्टह्यामले कार्डिफलाई २–० ले पराजित गर्दा इभर्टन र रनवीचले २–२ गोलको बराबरी खेलेका छन् ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.