Widgets

Home » , » याहुमा नयाँ हाकिम

याहुमा नयाँ हाकिम

Written By sangalo on Sunday, August 18, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
इन्टरनेट जाएन्ट कम्पनी याहुले नयाँ अध्यक्ष नियुक्त गरेको छ । सूचनाप्रविधिको क्षेत्रमा लामो अनुभव बटुलेका सिलिकन भ्यालीका लगानीकर्ता समेत रहेका मेनार्ड वेब याहुको अध्यक्षमा नियुक्त भएका हुन् । विज्ञापन व्यापार बढाउन संघर्ष गरिरहेको याहुले फ्रेड एमोरोसोलाई प्रतिस्थापन गर्दै वेबलाई कम्पनीको कुर्सी सुम्पिएको हो ।
MaynardWebb-headshot-700
अपि्रलदेखि याहुको अन्तरिम अध्यक्ष रहिआएका वेब सन् २०१२ को फेेब्रुअरी देखि याहुमा निर्देशकको रुपमा रहेका छन् । उनी अनलाइन खरीद बिक्रि कम्पनी इ बे का पूर्व मुख्य अपरेटिङ अफिसर समेत हुन् ।
कुनैबेला विश्वको सबैभन्दा सफल इन्टरनेट कम्पनीको रुपमा रहेको याहुको पछिल्लो दिनमा कमाइ घट्दै गएको छ । प्रतिस्पर्धी कम्पनीहरु गुगल र फेसबुकतर्फ उपभोक्ता तथा विज्ञापनदाताको आकर्षण बढेपछि याहुको राजस्व घट्दै गएको हो ।
प्रमुख कार्यकारी मारिसा मेयर याहुको पुरानो शाख स्थापित गर्न तथा प्रयोगकर्ता र विज्ञापनदाताको विश्वास आर्जन गर्दै कमाइमा समेत वृद्धि गर्न पछिल्लो एक वर्ष कम्मर कसेर लागिरहेकी छिन् ।
‘मेनार्ड वेब सन् २०१२ मा याहुको कार्यकारी बोर्डमा आबद्ध भएयता उहाँको नेतृत्व र मार्गनिर्देशन हाम्रालागि अमूल्य बनेको छ’, याहुले आफ्नो विज्ञप्तीमा भनेको छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger