Widgets

Home » , » अनलाइनमा पनि बिक्यो जीवन र नीताको रोमान्स

अनलाइनमा पनि बिक्यो जीवन र नीताको रोमान्स

Written By sangalo on Sunday, August 18, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
नेपाली सिनेमाले हलमा राम्रो व्यापार नगरेपनि डीजीटल माध्यमबाट भने सकारात्मक सुरुवात गरेको छ । केही दिन अघि मात्र अनलाइन मार्फत सार्वजनिक गरिएको योगेश घिमिरे निर्देशित चलचित्र ‘नोटबुक’ले राम्रो कमाई गरेको वुझिएको छ ।इन्टरटेन्ट नेपाल मार्फत अनलाइनमा हेर्न सकिने यो चलचित्रले एक सातामै ५८८ डलरको कमाइ गरेको निर्देशक घिमिरेले बताएका छन् । उनका अनुसार एक पटक हेर्दा दर्शकले ४ डलर ९९ सेन्ट खर्चनु पर्दछ । जसमध्ये निर्माताको हातमा १ डलर ७५ सेन्ट पर्दछ । आजसम्म यो सिनेमालाई ३३६ जनाले अनलाइनमा हेरेका छन् । यो अहिले सम्म अनलाइन मार्फत सार्वजनिक भएका नेपाली सिनेमाहरु मध्येकै सबैभन्दा धेरै कमाई हो ।
जीवन लुइटेल, नीता ढुंगाना, सेन सापकोटा लगायतका कलाकारले अभिनय गरेको यो चलचित्रलाई प्रज्ञा जोशीले निर्माण गरेकी हुन् । चलचित्रले नेपालमा पनि राम्रो व्यापार गरेको थियो ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger