भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
बलिउड बादशाह साहरुख खान र फिल्म निर्मात्री एकता कपुर बिचको दुश्मनी झनै चर्किएको छ । ‘वन्स अपन अ टाइम ईन मुम्बई दोबारा’ र ‘चेन्नाई एक्सप्रेस’को प्रदर्शनको बिषयमा चर्किएको झगडा अहिले चरम बिन्दुमा पुगेको छ ।
हालै मात्र ईदको अवसर पारेर साहरुखले एकताको निर्माणमा बनेको चलचित्र ‘वन्स अपन अ टाइम ईन मुम्बई दोबारा’को बिशेष शो आफ्नै निवास मन्नतमा गर्ने सोच राखेका थिए । साहरुखले यसका लागि एकता कपुरसँग कुरा गर्न आफ्नो बिशेष मानिस पनि पठाएका थिए । तर एकताले साहरुखको यति सानो प्रस्तावलाई ठाडै अस्विकार गर्दै टिकट काटेर हलमै हेर्न भने पछि यसले बलिउडमा चर्चा पाएको छ । साहरुख र अक्षय कुमार राम्रो साथी भएको र साहरुखकी छोरी सुहाना अक्षयको फ्यान भएकाले पनि साहरुखले मन्नतमा बिशेष शो गर्ने योजना बनाएका थिए ।
तर एकता कपुरले निक्कै क्रृद्ध व्यवहार देखाएपछि साहरुख दुखीत भएका छन् । एकताको यो व्यवहारलाई बलिउडका अधिकांश चलचित्रकर्मीले पनि आलोचना गरेका छन् । साहरुले यसअघि सलमान खान अभिनित चलचित्र एक था टाइगर, दबंग २ मन्नतमै आफ्ना छोरा र छोरीसँगै हेरेका थिए ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.