Widgets

Home » » हजुरआमाले जन्माइन् जुम्ल्याहा नातिनी(फोटोफिचर सहित)

हजुरआमाले जन्माइन् जुम्ल्याहा नातिनी(फोटोफिचर सहित)

Written By sangalo on Sunday, August 18, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
आमाले जुम्ल्याहा बच्चा पाएको कुरा त सुनिएको तथा देखिएकै हो । तर हजुरआमाले नाति नातिनी जन्माएको कुरा सुन्नुभएको छ ? अमेरिकामा एक महिलाले जुम्ल्याहा नातिनी जन्माएकी छिन् ।
1
अमेरिकाको इओआकी सुसी कोजीसेकले जुम्ल्याहा नातिनी पाएको समाचार सार्वजनिक भएको छ । ५३ वर्षकी ती महिलाले जन्माएको सन्तान उनकै छोरी पो हुनुपर्ने, कसरी नातिनी भयो ? भन्ने प्रश्न उठ्छ । जैविक रुपमा उनले जन्माएका जुम्ल्याहा उनका छोरी भएपनि उनले आफ्नी छोरीका लागि ती दुइ बच्ची ह्याड्ली र ह्याली पाइदिएकी हुनाले उनका लागि ती नातिनी भए । गत जुलाई पन्ध्रमा उनले जुम्ल्याहा नातिनी पाएकी हुन् ।
2
छोरी एसले लार्किनले रोगका कारण बच्चा जन्माउन नसक्ने अवस्था भएकाले उनले ज्वाइँको गर्भ बोकेर छोरी ज्वाइँका लागि बच्चा जन्माइदिइन् । ५३ वर्षमा बच्चा जन्माउन सक्नु आफैमा चमत्कार भएको सुसीको भनाइ छ । छोरी ज्वाइँका लागि नातिनी पाइदिन पाउँदा उनी निकै खुसी छिन् । स्मरण रहोस् ती हजुरआमाले सन् २०११ मा पनि छोरीका लागि जेठी नातिनी पाइदिएकी थिइन् ।
34

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger