Widgets

Home » » ६ किलोकी छोरी पाएर बेलायतीले राखिन् रेकर्ड (फोटोफिचर सहित)

६ किलोकी छोरी पाएर बेलायतीले राखिन् रेकर्ड (फोटोफिचर सहित)

Written By sangalo on Thursday, August 8, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
एक जना बेलायती नागरिक महिलाले स्पेनमा ६ किलो २० ग्रामको बच्चा जन्माएकी छिन् । त्यो बच्चा स्पेनमा जन्मिएको अहिलेसम्मकै सबैभन्दा ठूलो बच्चा हो । जसको तौल नवजात शिशुको औषत तौल भन्दा दोब्बर छ । उनले कुनै शल्यक्रिया विना प्राकृतिक प्रसुति मार्फत छोरी पाएकी हुन् । त्यो भिमकाय छोरी पाउने महिलाको नाम म्याक्सिम म्यारिन हो ।
3
कोस्टा ब्लांकास्थित म्यारिना स्यालुड अस्पतालमा ४० वर्षकी म्यारिनले किर्तिमानी छोरी पाइन् । अस्पतालका अनुसार आमा र छोरी दुबैको स्वास्थ्य राम्रो छ । उनका श्रीमान कोलम्बियाली मूलका हुन् । उनीहरुका यसअघि नै ३ वटा सन्तान जन्मिइसकेका छन् । स्मरण रहोस् युरोपमा अहिले किर्तिमानी बच्चा पाउने लहड नै चलेको छ । अघिल्लो महिना जर्मनीमा एक जना महिलाले ६.११ किलो तौलको बच्चा पाएकी थिइन् ।

स्मरण रहोस् विश्वमा अहिलेसम्म जन्मेको सबैभन्दा धेरै तौलको बच्चा क्यानडाको हो । सन् १८७९ मा क्यानडामा १०.७७ किलो तौलको बच्चा जन्मिएको थियो जसको जन्मेको ११ घण्टामै मृत्यु भयो ।
2
3

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger