Widgets

Home » » भाइचुङको क्लबलाई हराउँदै मनाङ फाइनलमा

भाइचुङको क्लबलाई हराउँदै मनाङ फाइनलमा

Written By sangalo on Thursday, August 8, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
२४ साउन, काठमाडौं । भारतको सिक्किम युनाइटेडलाई पराजित गर्दै मनाङ मर्स्याङ्दी क्लब भुटानमा जारी किङ्स कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको पहिलो सेमिफाइनलमा मनाङले भारतीय पूर्व कप्तान भाइचुङ भुटियाको क्लबलाई ६-२ गोल अन्तरले पराजित गरेको हो । खेलमा मनाङले २० सेकेन्डमा नै भीम दर्लामीको गोलबाट सुरुवाति अग्रता लिएको थियो । पहिलो हापको ४३ औं मिनेटमा सिक्किमले पेनाल्टी चुकाउँदा बराबरी गोल गर्ने मौका गुमायो । ५१ औं मिनेटमा सुजल श्रेष्ठले गोल गरेपछि मनाङ २-० को अग्रता लिन सफल भयो । तर, ६२ औं मिनेटमा विजेन्द्रले सिक्किमका लागि गोल गरे । त्यसपछि मनाङलाई केही दबावमा राखेको सिक्किमले ८३ औं मिनेटमा बराबरी गोल गर्ने मौका चुकायो । निर्धारित ९० मिनेटको खेलको अन्त्यतिर सिक्किमले गोल गरेपछि खेल अतिरिक्त समयमा धकेलियो । तर, थपिएको ३० मिनेट पूर्ण रुपमा मनाङको पक्षमा रहृयो । १ सय औं मिनेटमा योना इलियासले गोल गरे भने १ सय ७ औं मिनेटमा शुलभ मास्केले गोल गरेपछि मनाङ ४-२ ले अघि रहृयो । १ सय १० औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेका योनाले १ सय १९ औं मिनेटमा हृयाट्रिक गरेपछि मनाङ ६-२ को फराकिलो जितका साथ उपाधि नजिक पुगेको छ । यसअघि २००४ मा किङ्स कप फुटबलको फाइनलमा मनाङ थाइल्याण्डको बीईसीसँग पराजित भएको थियो ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger