भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
२४ साउन, काठमाडौं । कवाडी व्यापारीसँग घुस लिँदै गर्दा पक्राउ परेका प्रहरी नायब उपरीक्षक डीएसपी तेजेन्द्र पौडेलविरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डीएसपी पौडेलविरुद्ध भ्रष्टाचार निवारण ऐनको दफा ३ (१) तथा ३ (१) (ख) बमोजिम हदैसम्म सजाय गरी मुद्दा दायर गरेको हो । नेपाल कवाडी संघका अध्यक्ष पन्च तामाङ लामासँग साउन ११ गते कलंकीस्थित रामेछाप भोजनालयमा ३५ हजार लिंदा लिंदै आयोगको टोलीले पौडेललाई नियन्त्रणमा लिएको थियो।
घुस मागेको उजुरी परेपछि आयोगले लामालाई ३५ हजार दिएर पठाएको थियो । लगतै पौडेलको शरीर तलासी लिदा आयोगबाट उपलब्ध गराईएको ३५ हजार बरामद भएपछि पौडेल पक्राउ परेका थिए ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.