Widgets

Home » » इन्टरनेट गति बढाउने तयारीमा एनसेल

इन्टरनेट गति बढाउने तयारीमा एनसेल

Written By sangalo on Thursday, August 8, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
२४ साउन, काठमाडौं । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले डाटा सेवाको क्षमता वृद्धि गरी दोब्बर पुर्‍याउने भएको छ । अन्य कम्पनीका डाटा सेवासँग प्रतिस्पर्धा गर्न एनसेलले क्षमता वृद्धि गर्ने भएको हो । हाल ३.६ एमबिपिएस स्पिडको डाटा सेवा उपलब्ध गराउँदै आएको कम्पनीले स्पिड बढाएर ७.२ एबिपिएस पुर्‍याउने जनाएको छ । डाटा सेवा प्रदायक कम्पनीहरुबीच प्रतिस्पर्धा बढ्दै जान थालेपछि एनसेल गुणस्तर र क्षमता वृद्धिमा केन्दि्रत भएको हो । ‘हामीले छिट्टै् डाटा सेवाको स्पिड बढाउने तयारीमा छौं’, कम्पनीका प्रवक्ता मिलनमणि शर्माले भन्नुभयो- ‘स्पिड बढाएपछि एनसेलको डाटामा ग्राहकहरुको क्रेज झनै बढ्नेछ ।’ एनसेलको डाटा सेवाको स्पिड उच्च भएका कारण प्रयोगकर्ताको संख्या बढ्दै गइरहेको प्रवक्ता शर्माले बताउनुभयो । पछिल्लो समय नेपाल टेलिकमले नयाँ बिटिएस प्रणाली राखेर जिपिआरएस सेवाको स्पिड बढाउन थालेपछि एनसेललाई प्रतिस्पर्धामा उत्रिन डाटा सेवाको स्पिड बढाउनुपर्ने नैतिक दबाब परेको छ । एनसेलको सेवा राम्रो भए पनि शुल्क महंगो रहेको सर्वसाधरणको गुनासो रहँदै आएको छ । तर, प्रवक्ता शर्मा भने एनसेलको भोल्यूम बेस्ड डाटा सेवाको शुल्क निकै न्यून रहेको बताउनुहुन्छ । १० जीबीको प्याकेज लिँदा ग्राहकलाई प्रति एमबी करबाहेक २९ रुपैयाँमात्र पर्ने उहाँले जानकारी दिनुभयो । ग्राहकले एनसेलको १० जीबीको प्याकेजलाई २९ सय रुपैयाँ तिर्नुपर्छ । प्याकेज नलिई लुजमा चलाउने ग्राहकलाई भने एनसेलको प्रतिएमबी डाटालाई करबाहेक ३ रुपैयाँसम्म पर्छ । शर्माले ग्राहकहरुलाई प्याकेजमा सेवा लिन सुझाव दिनुभयो । गुणस्तर सुधारलाई मुख्य प्राथमिकतामा राखेको एनसेलले विस्तारै शुल्क समेत घटाउने तयारीमा रहेको छ । नेपालीहरु गुणस्तरमात्र नहेरी शुल्कलाई समेत हेर्ने हुँदा एनसेललाई शुल्क घटाउन पनि बाध्यता पर्ने देखिन्छ । ‘अहिले एनसेलको टावरले ९० प्रतिशत जनसंख्यालाई कभर गर्छ’ प्रवक्ता शर्माले भन्नुभयो- ‘हामी छिट्टै शत् प्रतिशत जनसंख्यालाई कभर गर्ने गरी सेवा विस्तार गर्दैछौं ।’ उहाँका अनुसार थोरै जनसंख्या भएको र जडान खर्च बढी लाग्ने ठाउँमा अहिले एनसेलको नेटवर्क उपलब्ध छैन ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger