Widgets

Home » » घुस लिएको आरोपमा दुई असइ कारवाहीमा

घुस लिएको आरोपमा दुई असइ कारवाहीमा

Written By sangalo on Thursday, August 8, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
गौतम श्रेष्ठ २४ साउन, रौतहट । अवैध रकम लिए असइ र कारोबार गराएको आरोपमा दुई प्रहरी सहायक निरिक्षक असइ कारवाहीमा परेका छन् । गौर भन्सार कार्यालयका इन्चार्ज असइ रामेश्वर राय यादव तथा बेलबिछवा प्रहरी चौकीका असइ धनन्जय चौधरीलाई जिल्ला प्रहरी कार्यालय रौतहटले कारवाहीको प्रकृया अगाडी बढाएको छ । सुपारी तस्करी तथा मल तस्करी गर्ने दुई छुट्टा-छुट्टै तस्करलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा प्रहरीको संलग्नता खुलेको हो । यादव र चौधरीलाई जिल्ला प्रहरी कार्यालय रौतहटले नियन्त्रणमा लिएर आवश्यक कारवाही अगाडी बढाएको प्रहरी उपरीक्षक गोबिन्द राम परियारले जानकारी दिनु भएको छ । असइ यादवले रौतहटको मुख्य भन्सार नाका गौर भन्सारबाट तस्करी गराउन सुपारी तथा अलैची तस्कर अमीत अग्रवाल र राजा खानसँग २२ हजार रकम लिएका थिए भने चौधरीले बेलबिछवा नाकाबाट तस्करी गराउन सँजय सिंहसँग मोटो रकम लिएका थिए । गौर नाकाबाट सुपारी, अलैची, कपडा, मेशीनरी पार्टस र इलेक्ट्रोनिक्स सामग्रीको तस्करी हुने गरेको छ भने बेलबिछवा, ब्रहृमपुरी, महादेव पट्ट,ि बंकुल, औरैया तथा मठीया लगायतका भारत सँग सिमा जोडिएका नाकाहरु बाट मलखाद्य, चिनी, पेट्रोलियम पदार्थ आदीको तस्करी हुने गरेको छ । यसैबिच भन्सार छली अवैध रुपमा रसायनिक मलखाद्य नेपालमा भित्र्याउदै गर्दा एकजना मल तस्करलाई बिहीबार रौतहट प्रहरीले पक्राउ गरेको छ । सीमावर्ती भारतिय बजारवाट अवैध रुपमा रसायनिक मलखाद्य नेपालतर्फ ल्याउँदै गर्दा प्रहरीले ब्रम्हृपुरीबाट मलखाद्यसहित स्थानिय संजय सिहलाई पक्राउ गरेको हो । प्रहरी सहायक निरीक्षक तिलधारी साहको कमाण्डमा खटिएको गस्ती टोलीले राजस्व छली अवैध रुपमा नौवटा साइकलमा १८ बोरा मलखाद लोड गरेर भित्राउँदै गर्दा सिंहलाई पक्राउ गरेको प्रहरी उपरीक्षक गोबिन्द राम परियारले बताउनु भयो ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger