Widgets

Home » , » नेपालमा ६ रेक्टर स्केलको भूकम्प दोलखा केन्द्रविन्दु, काठमाडौंमा एक जना घाइते

नेपालमा ६ रेक्टर स्केलको भूकम्प दोलखा केन्द्रविन्दु, काठमाडौंमा एक जना घाइते

Written By sangalo on Friday, August 30, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

earthquake

काठमाडौं, भाद्र १५ - काठमाडौंमा शुक्रबार राति ११ बजेर ३३ मिनेटमा भूकम्पको धक्का महसुस भएको छ । करिव पाँच सेकेन्डभित्र दुई पटक जमिन हल्लिएको थियो । पुनः ८ मिनेपछि भूकम्पको धक्का महसुस गरिएको थियो । राष्ट्रिय भूकम्प मापन केन्द्रका निर्देशक डा. सोमनाथ सापकोटाका अनुसार ६ रेक्टर स्केलको भूकम्प गएको हो । उनका अनुसार दोलखाको जिरीदेखि ८०–८५ किलोमिटर उत्तर केन्द्रविन्दु भएर भूकम्प गएको हो । सापकोटाले चीनको तिब्बतस्थित छोङ्दुई केन्द्र भएर भूकम्प गएको अमेरिकन जिओलोजिकल सेन्टरको रिपोर्टलाई अस्वीकार गरे । उनले ४ सय किलो मिटर टाढा केन्द्र हुँदा यति ठूलो धक्का महसुस हुन नसक्ने दाबी गरे । ‘अमेरिकन जिओलोजिकल सेन्टरको कुनै भूकम्प मापन कार्यालय तिब्बत क्षेत्रमा छैन,’ उनले भने, ‘त्यो तथ्य गलत हो ।’ भूकम्पको धक्का काठमाडौंसहित ललितपुर, काभ्रे, नुवाकोटसहितका जिल्लामा पनि महसुस गरिएको छ । भूकम्पको धक्का महसुस हुनेवित्तिकै राजधानीमा सर्वसाधारण घर बाहिर निस्किए । पुनः भूकम्प आउने त्रासले राति अबेरसम्म पनि सर्वसाधारण घर बाहिरै हल्लाखल्ला गरेर बसेको देखिएको छ । २०६८ साल असोग १ गते ताप्लेजुङ केन्द्र भएर गएको ६ दशमलव ९ रेक्टर स्केलको भूकम्पमा कम्तिमा ६ जनाको ज्यान गएको थियो । काठमाडौंको खरीबोटमा भूकम्प आएपछि आत्तिएर घरबाट हामफाल्दा एकजना घाइते भएका छन् ।धनगढी घर भई नयाँ बानेश्वरको ठूलो खरिबोट नजिक बस्दै आएका संजिव भट्टराई छतबाट हाम फाल्दा घाइते भएको महानगरी प्रहरी आयुक्तको कार्यालयका प्रवक्ता एसएसपी हेमन्त पालले बताए । उनले यस बाहेक उपत्यकामा कुनै धनजनको क्षति भएको रिपोर्ट नआएको जानकारी दिए ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger