Widgets

Home » , » साफ च्याम्पियन बन्ने नेपालको सपना आज बंगलादेशसँग भिड्दै

साफ च्याम्पियन बन्ने नेपालको सपना आज बंगलादेशसँग भिड्दै

Written By sangalo on Friday, August 30, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

saff

काठमाडौ, भाद्र १५ - नेपालले पहिलोपल्ट सन् १९९७ मा साफ च्याम्पियनसिप आयोजना गरेको थियो । त्यसबेला विमल घर्तीमगरले फुटबल खेल्न सुरु गरेकै थिएनन् । बुटवलका उनी अहिले जवान भइसकेका छन् । यसबीच उनले सिकेको फुटबल कलाले उचाइ लिइसकेको छ । र, उनी दक्षिण एसियाली फुटबलको सर्वाधिक प्रतिष्ठित प्रतियोगिता १६ वर्षपछि काठमाडौं र्फकंदा मैदानमा उत्रने तयारीमा छन् । यस्तोमा नेपाली टिमले पहिलोपल्ट साफ च्याम्पियन बन्ने अभियान बंगलादेशविरुद्धको खेलबाट शनिबार गर्दैछ । 'साफ च्याम्पियन हुँदै इतिहास रच्न चाहन्छौं,' नेपालका कप्तान सागर थापाले भने, 'राम्रो तयारी गरेका छौं । हाम्रो मनोबल उच्च छ । घरेलु मैदान र समर्थकको साथमा खेल्दैछौं । त्यसैले दुई दशकपछि नेपालको उपाधि जित्ने सपना साकार पार्न तयार छौं । बंगलादेशलाई हराएर उपाधि यात्रा सुरु गर्न चाहन्छौं ।' प्रशिक्षक ज्याक स्टेफनोस्कीले पनि प्रत्येक खेल जित्दै नेपाललाई उपाधि दिलाउने वाचा गरेका छन् । नेपालले सन् १९८४ र १९९३ को दक्षिण एसियाली खेलकुदमा फुटबलको स्वर्णपदक जितेको थियो । त्यसयता अन्तर्राष्ट्रिय फुटबलमा नेपालले सफलता चाखेको छैन । विशुद्ध फुटबल प्रतियोगितामा त नेपालले सेमिफाइनल पार गर्नै सकेको छैन । नेपालले आठौं साफमा पाँचपल्टको विजेता भारत, २००३ को च्याम्पियन बंगलादेश र पाकिस्तानसँगै समूह 'ए' मा छ । आठ देशको प्रतियोगिताको समूह 'बी' मा अफगानिस्तान, माल्दिभ्स, श्रीलंका र भुटान छन् । नेपालको सर्वाधिक लोकपि्रय खेल हो, फुटबल । नेपालले आयोजना गर्न लागेको तेस्रो ठूलो फुटबल प्रतियोगिता पनि हो, आठौं साफ । यसअघि नेपालले १९९७ मा पहिलो साफ र २०१२ मा एएफसी च्यालेन्ज कपको फाइनल चरण आयोजना गरेको थियो । सफल आयोजना गरे पनि नेपालले च्यालेन्ज कपको सबै खेलमा हार बेहोर्‍यो । गोल पनि गर्न सकेन । फागुनमा काठमाडौंमै भएको च्यालेन्ज कप छनोटमा नेपाल असफल भयो । 'पछिल्ला समयको नतिजा बिर्साउन पनि नेपाललाई साफमा सफलता चाहिएको छ,' राष्ट्रिय टिमका पूर्वकप्तान राजुकाजी शाक्यले भने, 'साफले अहिले फुटबलको माहोल तताएको छ । घरेलु मैदान, दर्शक र जित्नैपर्ने दबाबलाई सकारात्मक रूपमा लिएर धैर्यतासाथ खेले नेपाल साफ च्याम्पियन हुन सक्नेछ ।' उनकै नेतृत्वमा नेपालले दुई दशकअघि दक्षिण एसियाली खेलकुदमा स्वर्ण जितेको थियो ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger