भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
८ भदौ, काठमाण्डौं । निर्वाचनको विपक्षमा रहेका ३३ दलको आग्रहमा गेलमेच सम्मेलन गर्न सहमत भएका दलहरुले सम्मेलनबारे आफ्नो धारणा तयार पार्न आज पनि छलफल गर्ने भएका छन् । उच्चस्तरीय राजनीतिक समितिको कार्यालयमा बस्ने बैठकमा नेकपा-माओवादीको निर्वाचनमा सहभागी हुने या नहुने धारणाका आधारमा गोलमेच सम्मेलन र एजेन्डा तय गर्ने विषयमा छलफल हुने छ । शुक्रबार बसेको उच्चस्तरीय राजनीतिक समितिको बैठकमा भएको छलफलका आधारमा नेकपा-माओवादी निर्वाचनमा आउने निश्चित नभएकाले फेरि छलफल गर्ने गरी बैठक समापन गरेको कांग्रेस एमालेका नेताहरुले बताएका थिए ।
उच्च स्तरीय राजनीतिक समितिले असन्तुष्ट दलहरुसँग जुनसुकै विषयमा छलफल गर्ने र तोकिएकै मितिमा निर्वाचन गर्ने विषयमा सहमति जुटाउन प्रयास गर्ने गरी छलफललाई अगाडी बढाएको नेताहरुले बताउँदै आएका छन् । आजको बैठकले गोलमेच सम्मेलन बारे निणर्ायक धारणा तयार पार्ने छ ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.