Widgets

Home » , » माओवादीले रोल्पामा करोडौं रुपैयाँ गाडेको खुलासा

माओवादीले रोल्पामा करोडौं रुपैयाँ गाडेको खुलासा

Written By sangalo on Friday, August 23, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
८ भदौ, रोल्पा । सशस्त्र युद्धका बेला तत्कालीन बिद्रोही नेकपा माओवादीले बैंकबाट लुटेको करोडौं नगद र सुन रोल्पाको एउटा जंगलमा खाल्डो खनेर गाडेको खुलासा भएको छ । घर्तीगाउँ ७ झिनुवाको ओद्राहाले जंगलमा गाडेर राखेको करिब एक करोड ७० लाख नागदसहित पाँच किलो सुन झिनुवाका केही व्यक्तिले निकालेको थाहा पाएपछि जिल्ला प्रहरी कार्यालय रोल्पाले छानबिन थालेको छ । प्रहरीले गाउँलेहरुसँग बयान लिइरहेको छ । झिनुवाका चारजना कृष्ण, हुकुम, खिमे र झुपल वलीलाई सदरमुकाममा झिकाई प्रहरीले सोधपुछ गरेको हो । सोधपुछपछि उनीहरुलाई छाडिएको प्रहरी नायबउपरीक्षक ओमबहादुर रानामगरले बताएको अन्नपूर्ण पोस्टमा खबर छ । रानामगरका अनुसार उनीहरुले रकम खोज्न खाल्डो खने पनि फेला नपरेको बयान दिएका छन् । स्रोतका अनुसार झिनुवाका केही व्यक्तिले गत असार २३ गते राति खाल्डोमा पुरेको रकम खनेर निकालेका थिए । ४० लिटर क्षमताको प्लास्टिकको कालो ड्रममा गाडिएको उक्त रकम उनीहरुले निकालेको गाउँलेले प्रहरीलाई जानकारी गराएका थिए ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger