Widgets

Home » , » मुग्लिनमा मिनीट्रक दुर्घटना, दुईको मृत्यु

मुग्लिनमा मिनीट्रक दुर्घटना, दुईको मृत्यु

Written By sangalo on Saturday, August 24, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
<८ भदौ, चितवन । चितवनको मुग्लिन नजिकै ग्रामीण सडकमा भएको मिनीट्रक दुर्घटनामा आज दुईजनाको मृत्यु भएको छ । अन्य एकदर्जन घाइते भएका छन् । दुर्घटनामा परी मृत्यु हुनेमा दारेचोक गाविसकी डम्बरकुमारी थापा र पश्चिम चितवन जगतपुरका हरिप्रसाद सुवेदी रहेको चितवन प्रहरीले जनाएको छ । घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको छ । केही घाइतेको मुग्लिन उपचार भइरहेको र केहीलाई भरतपुर ल्याइएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । यहाँको ग्रामीण क्षेत्र तामिनबाट मुग्लिन आउँदै गरेको ना३ख ३००४ नम्बरको मिनीट्रक दुर्घटनामा परेको हो । ब्रेकले काम गर्न छाडेपछि दुर्घटनामा परेको र करिब १५० मिटर तल खसेको बताइएको छ । ट्रकका चालक इलाका प्रहरी कार्यालय मुग्लिनको नियन्त्रणमा रहेका छन् । रासस

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger