Widgets

Home » , » लसुनले फोक्सोको क्यान्सरबाट जोगाउँछ

लसुनले फोक्सोको क्यान्सरबाट जोगाउँछ

Written By sangalo on Saturday, August 24, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

photo

लसुन नियमित सेवनले क्यान्सरको जोखिमलाई समेत आधा गर्ने क्षमता राख्छ । नयाँ अनुसन्धानमा यस्तै दाबी गरिएको छ, जुन प्रकाशित भएको छ- 'क्यान्सर पि्रभेन्सन रिसर्च' मा । उक्त अनुसन्धानअनुसार, सातामा दुई दिन काँचो लसुन खाने गर्नाले बढ्दै गरेको फोक्सोको क्यान्सरको खतरालाई आधा घटाउन सकिन्छ । यति मात्र नभई, लसुनले धूमपान गर्ने व्यक्तिमा समेत फोक्सोको क्यान्सरको जोखिम कम गर्छ । फोक्सोको क्यान्सर हुने सबैभन्दा ठूलो कारक धूमपान हो । यसअघि समेत अनुसन्धानकर्ताहरूले लसुन विभिन्न गम्भीर रोगमा उपयोगी हुने बताइसकेका छन् । चीनका अनुसन्धानकर्ताहरूका अनुसार, नियमित रूपले लसुनको सेवन गर्नेहरूमा फोक्सोको क्यान्सर हुने सम्भावना ४४ प्रतिशतसम्म कम हुन्छ । धूमपान गर्ने व्यक्तिहरूले लसुन खाइरहने गरे तिनीहरूलाई फोक्सोको क्यान्सर हुने खतरा ३० प्रतिशतसम्म कम हुन सक्छ । जियाङसु प्रान्तका रोग नियन्त्रण एवं रोकथाम केन्द्रका वैज्ञानिकहरूले फोक्सोको क्यान्सरले पीडित १ हजार ४ सय २४ रोगीहरूलाई साढे चार हजार स्वस्थ वयस्कसँग तुलनात्मक अध्ययन गरे । यसमा के पाइयो भने, जुन व्यक्तिले सातामा कम्तीमा दुईपटक काँचो लसुन खाने गरेका थिए, तिनीहरूमा फोक्सोको क्यान्सर हुने सम्भावना धेरै कम देखियो । तर उक्त अनुसन्धानमा लसुनलाई पकाएर खाँदा कतिको प्रभावकारी हुन्छ भन्ने स्पष्ट हुन सकेको छैन । हालै गरिएको अर्को अनुसन्धानमा लसुनले आन्द्राको गाँठो (टयुमर) को खतरालाइ एक तिहाइ कम गर्ने दाबी गरिएको थियो ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger