Widgets

Home » » हातबाटै फुत्किएर बगिन् आमा

हातबाटै फुत्किएर बगिन् आमा

Written By sangalo on Monday, August 5, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

ranjita

काठमाडौ, श्रावण २२ - साथीहरूसँग आइतबार दिउँसो म सिन्धुलीको महादेव मन्दिर जाने तरखरमा थिएँ । आमाले तँ एक्लै नजा म पनि जान्छु भन्नुभो, त्यसपछि हामी ट्याक्टर चढेर आयौं । मलाई नाम थाहा छैन, यही नदीभन्दा केही पर बेलुका बास बस्यौं (रानीवासको चन्दनपुर) । बिहान ५ बज्दानबज्दै उठेर मन्दिर जाने बाटोतिर हिँड्यौं । १५ मिनेट हिँडेपछि ठूलो नदी आयो, कमला नदी रहेछ । नदी ठूलो भएकाले केहीबेर डिलमै बस्यौं । उज्यालो भएपछि अरू पनि नदी पार गर्न थाले । हाम्रो समूहले पनि हातमा हात समाएर पार गर्ने निर्णय लियो । हामी नदीमा पस्यौं । आमाले मेरो हात समाउनुभएको थियो, मैले अरूकै । आमाको हात पनि अरू दर्शनार्थीले समाएका थिए । तलपट्टि बसेर हात समाउने समूहलाई बाढीले लछार्न थालेपछि हात छोड्दै बग्न थाले । आमाको हात समाउनेले जोडले तानेकाले होला, मेरो हातबाट फुस्किएर नदीको भेलमा पर्नुभो । मेरो हात अर्को दाइले समाउनुभएको थियो । उहाँले मलाई छोड्नु भएन । आमा हेर्दाहेर्दै विलय हुनुभो, बगेर तल पुगुन्जेल सहयोगका लागि हात हल्लाइरहनुभएको थियो । अरूले पनि हात हल्लाएर बचाउको इसारा गर्दै थिए । ठूलो भेलमा पस्ने कसैले आँट गर्न सकेन । हेर्दाहेर्दै सबै बगे, विलय भए । उफ्रिँदै बचाउको सहायता माग्ने एकलाई उद्धार गरिएछ । त्यसमा मेरी आमा पर्नु भएन । एकछिन अघिसम्म सँगै रहेकी आमाको शव देख्नुपर्दा सपना जस्तो लागिरहेछ । धर्म गर्न आएको मन्दिरसम्म पुग्न सकिएन । आमालाई नदीले लग्यो, मलाई जीवनभर पछुतो हुनेभो । माया गर्ने आमा नै नभएपछि हाम्रो घरमा अब आँसुबाहेक केही हुने छैन । (कुराकानीमा आधारित) बगेर ७ तीर्थयात्रीको मृत्यु राजकुमार कार्की सिन्धुली- हत्पते-१ स्थित मधुगंगा महादेवको दर्शन गर्न जाँदै गर्दा सोमबार कमला नदीमा बगेर सात तीर्थयात्रीको मृत्यु भएको छ । बगेका अन्य दुई जना बेपत्ता छन् भने एकको उद्धार गरिएको छ । एकसाथ हात समाएर नदी तर्ने क्रममा उनीहरू बगेका थिए । हत्पतेको गागन नजिकै नदी पार गर्ने क्रममा बगेकामध्ये पाँच जनाको शव करिब सय मिटर तल निपाने-८ स्थित नदी किनारमा र अरू दुईको सिर्थौलीे डकाहामा भेटिएको थियो । प्रमुख जिल्ला अधिकारी केशवराज आचार्यका अनुसार सर्लाही सखुवा-२ की ४० वषर्ीया रामपरी देवी राम, महोत्तरी सुगाकी ३८ वषर्ीया गंगादेवी नुनिया महतो, सोही गाविसकी ४५ वषर्ीया कुमियादेवी नुनिया, भारत सीतामाढीका अन्दाजी १८ वषर्ीय अजयराम र भारत मधुवनीका अन्दाजी ५० वषर्ीय जोगेन्द्र ठाकुरको निपाने नजिक किनारमा शव फेला परेको हो । सिर्थौलीमा भेटिएका दुई शवको सनखत हुन सकेको छैन । बग्दै गरेकी ३५ वषर्ीया जगतारणदेवी महतोको उद्धार गरिएको छ भने दुईजना अझै बेपत्ता छन् । मृतक रामपरीकी छोरी रञ्जिताका अनुसार करिब २५ जनाको समूह तर्नका लागि नदीमा पसेको थियो । तीमध्ये आधाले मात्र नदी पार गरे । रामपरीले पनि छोरी रञ्जिताको हात समाएकी थिइन् तर बीचमा पुग्दा बगिन् । 'बीचतिर पुगेपछि हात छाडेर आमा बग्नुभयो,' उनले भनिन्, 'पर पुग्दासम्म गुहार मागिरहनुभएको थियो, मैले समाउन सकिनँ ।' घटनालगत्तै डकाहा इप्रकाका प्रहरी र रानीबासमा रहेको सेनाको टोली उद्धारमा खटिएको प्रहरी नायब उपरीक्षक नरेन्द्र उप्रेतीले बताए । तीर्थयात्री बगेपछि करिब दुई घन्टा आवतजावत बन्द गरिएको थियो । पछि तीर्थयात्रीलाई हत्पतेको समाज सुधार युवा क्लबका सदस्य र सशस्त्र प्रहरीले नदी वारपारमा सहयोग गरेका थिए । स्थानीय सञ्चारकर्मी रेखराज दाहालका अनुसार सोमबार बिहानैदेखि तीर्थयात्री नदीमा वारपार गरेकाले बेपत्ता हुनेको संख्या बढ्न सक्छ । 'आफन्तले नभनेसम्म थाहै हुँदैन,' उनले भने । साउनको सोमबार भएकाले सर्लाही, धनुषा, महोत्तरी, सिरहा, रौतहट, बारा, पर्सा, भारतको सीतामाढी, मधुवनीलगायत स्थानबाट आएका तीर्थयात्रीको संख्या हजारौं रहेको स्थानीय रिजेन्द्र बरालले बताए ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger