Widgets

Home » » अख्तियार कार्यालयमै अनुसन्धान अधिकृतलाई धम्क्याएपछि प्रहरीको खोरमा

अख्तियार कार्यालयमै अनुसन्धान अधिकृतलाई धम्क्याएपछि प्रहरीको खोरमा

Written By sangalo on Monday, August 5, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
२२ साउन, काठमाण्डौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिनका लागि बोलाएका एक अभियुक्तले उल्टै धम्क्याएपछि उनलाई प्रहरीको जिम्मा लगाइएको छ । अनुसन्धान अधिकृतलाई बयान दिनुको साटो तथानाम गाली गर्दै धम्की दिएपछि विराटनगरस्थित नोबेल मेडिकल कलेजका सञ्चालक सुनिल शर्मालाई प्रहरी हिरासतमा पठाइएको हो । बयानका लागि बोलाइएका शर्माले विभिन्न आपराधिक समूहसँग जोडेर अनुसन्धानमा प्रभाव पार्ने गरी अख्तियारका अनुसन्धान अधिकृतहरूलाई कार्यकक्षमै धम्क्याएका थिए । उनले बयान दिन नै आनाकानी गरी धम्क्याउन थालेपछि प्रहरीको जिम्मा लगाइएको अख्तियारले जनाएको छ । काठमाडौं विश्वविद्यालयको सम्बन्धनमा गैरकानुनी रूपमा कलेज सञ्चालन गरेको भन्ने विषयमा आयोगले अनुसन्धानका लागि आइतबार बिहान ११ बजे बोलाइएका शर्मा अपराह्न २ बजे मात्रै हाजिर भएका थिए । सोमबार पनि ११ बजे नै बोलाउँदा उनी ढिलो गरी २ बजे अख्तियार पुगेको राजधानी दैनिकमा खबर छ । आयोगका अनुसन्धान अधिकृतले तपाईंलाई दिएको समयभन्दा निकै ढिलो आउनुभयो नि ? भन्ने प्रश्नमा उनले आपूm अर्कै काममा रहेको र आयोगले बयान लिए पनि केही गर्न नसक्ने भन्दै ठेगान लगाइदिने धम्की दिएका थिए । उनको सो धम्कीपछि आयोग अधिकारीले प्रहरी बोलाएर उनलाई हिरासतमा पठाएका हुन् । ‘म को हुँ चिनेको छस् ? भन्दै शर्माले एमाओवादीका ठूला सबै नेताको नाम लिएर धम्क्याउन थालेपछि प्रहरी बोलाएर हिरासतमा पठाइएको हो,’ अनुसन्धानमा संलग्न एक अधिकारीले भने ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger