Widgets

Home » » असन्तुष्टसँग वार्ता आज

असन्तुष्टसँग वार्ता आज

Written By sangalo on Monday, August 5, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

dahal-baidya

काठमाडौ, श्रावण २२ - उच्चस्तरीय राजनीतिक समितिले असन्तुष्टसँग मंगलबार औपचारिक वार्ता गर्ने भएको छ । समितिले मोहन वैद्यले नेतृत्व गरेको नेकपा-माओवादीलगायत २५ दल, मधेसी जनअधिकार फोरम र संघीय समाजवादी पार्टीसँग एकैदिन वार्ता गर्ने निर्णय गरेको हो । समितिको सोमबार बसेको बैठकले फोरम र समाजवादी पार्टीसँग ११ बजे र माओवादीसहितका दलसँग अपराह्न १ बजे वार्ता गर्ने बैठकमा सहभागी एमाओवादी नेता नारायणकाजी श्रेष्ठले बताए । 'वार्तामा आन्दोलनरत दलको मागबारे छलफल भएपछि कति लचक हुने थाहा हुनेछ,' उनले भने । असन्तुष्टसँग वार्ता गर्नुअघि एमाओवादी, कांग्रेस, एमाले र मधेसीवादी दलले आ-आफ्नो पार्टीमा छलफल गर्ने निर्णय भएको एमाले नेता रघु पन्तले बताए । 'प्रमुख दलले आन्तरिक छलफल गरेपछि असन्तुष्ट दलसँग वार्ता हुनेछ,' उनले भने । असन्तुष्ट दलको मागमा औपचारिक रूपमा वार्ता गरी बटमलाइन बुझेपछि प्रमुख दल कति लचक हुनेबारे समाधान धारणा बनाउने छन् । 'पहिलो काम असन्तुष्ट दलको मागमा छलफल गर्नु हो,' पन्तले भने । माओवादीलगायत ३३ दलले मंसिर ४ को निर्वाचन स्थगित, अन्तरिम चुनावी मन्त्रिपरिषद् विघटन, गोलमेच सभालगायत माग अघि सार्दै आएका छन् । फोरम र संघीय समाजवादीले समानुपातिक प्रतिशत बढाउनुपर्ने, जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण हुनुपर्ने माग राखेका छन् । प्रमुख दलले सबै माग सम्बोधन गर्न सक्ने सम्भावना न्यून छ । मंसिर ४ को संविधानसभामा निर्वाचन गर्न नै असन्तुष्टसँग वार्ता थालिएको हो । फोरम र संघीय समाजवादीका मागबारे भने प्रमुख दल 'सकारात्मक' देखिएका छन् । निर्वाचन क्षेत्र निर्धारण आयोगले काम जारी राखेकाले त्यसमा प्रमुख दलको धारणा बाझिएको छैन । तर संविधानसभा निर्वाचनमा समानुपातिक प्रतिशत बढाउन एमाले तयार छैन । 'समानुपातिक प्रतिनिधित्वबारे एमालेको पुरानै अडान छ,' श्रेष्ठले भने, 'हाम्रो पार्टी, कांग्रेस र मधेसी मोर्चाबीच यसमा त्यति फरक धारणा छैन ।' प्रमुख दलले अन्तुष्ट दलको अडान सुनेपछि मात्र आफ्नो समान धारणा तय गर्ने निर्णय गरेका छन् । दलको राजनीतिक समितिले पहिले नै समान धारणा बनाउँदा माओवादी, फोरम, समाजवादी दलले अडानको रूपमा लिने भएकाले वातावरण बिगि्रने भएकाले पहिले वार्ता थालेको बताए । 'पहिले असन्तुष्ट दलको कुरा सुनेर कतिसम्म लचक हुन सकिने भन्न सकिन्छ,' नेता एमाले पन्तले भने, 'वार्ता नभई त्यो कुरा थाहा हुँदैन ।' उपेन्द्र यादवले नेतृत्व गरेको फोरम र अशोक राईको समाजवादी पार्टीसँग कुरा मिल्ने विश्वास प्रमुख दलको छ । यसअघि ती दलले बेग्लाबेग्लै अनौपचारिक वार्ता गरी धारणा बुझ्ने काम गरिसकेका छन् । उनीहरूले चुनावी सरकार परिवर्तन, निर्वाचन स्थगित गर्ने माग सम्बोधन गर्न नसकिने बताएका छन् । सरकार परिवर्तन र मंसिरको निर्वाचन स्थगित गरे अहिलेको राजनीतिक प्रक्रिया भत्किने र त्यसले झन् गलत दिशातिर लैजाने उनीहरूको बुझाइ छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger