Widgets

Home » » बाँदर हरुनै रक्सि खाएर मात्न थाले पछी .....

बाँदर हरुनै रक्सि खाएर मात्न थाले पछी .....

Written By sangalo on Thursday, April 4, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


मान्छेले रक्सिखाएर मात्तिएको खवर तपाईको लागी त्यती नौलो नहुन सक्छ । रक्सी पिउने जंड्याहाँका चर्चा पनि धेरै नै सुनेको हुनुपर्छ । तर सायदै सुन्नुभएको होला बाँदरहरु पनि रक्सी खाएर मात्तीन्छन् । अझ भनौं रक्सीमा मातिने लत नै परेको हुन्छ । यस्तै नौलो घटना दक्षिण अफ्रिकाको दोस्रो सबभन्दा ठूलो सहर केपटाउनमा सामान्य जस्तै हुन थालेको छ । ठुलो मात्रामा लंगुर बांदरहरु रहेको यस सहरको आवासीय क्षेत्रमा छिरेर खाद्य सामाग्री मात्रै नष्ट गर्दै आएका लगुंरहरुले पछिल्ला दिनमा पसलमा बेच्नका लागी राखिएका रक्सीमा बाकस नै लुट्ने गरेका छन । लंगुरको बाक्ले उपस्थिति रहेको केपटाउनमा मानवीय वस्ती बढ्दै जाँदा लंगुरहरु केही आक्रामक समेत हुन थालेको स्थानिय बताउंछन । अफ्रिकामा संरक्षित प्रजातिको रुपमा रहेको लंगुर र मान्छेविचमा यस क्षेत्रमा ठुलै झगडा समेत हुने गरेको छ । अझ रोचक कुरा त के छ भने लंगुर धपाउन प्रयोग गरिने गोलीको आवाज सुन्दा यसक्षेत्रमा युद्ध नै भइरहेको अनुभुति हुन्छ । आवासीय क्षेत्रमा लंगुरहरूको आवागमनलाई रोक्नु काम भएको भन्दै फिल्ड रेन्जर फियानी मेयोले आफुले लंगुरको देखभालमा खटिने हुनाले लंगुरहरूलाई राम्ररी चिनेको समेत बतउँछन । उनले केहीलाई नाम समेत दिएका छन् । शरीरमा जडान गरिएको विशेष संयन्त्रबाट उनीहरूको ठेगाना र गतिविधि थाहा हुने मेयोको भनाइ छ । स्थानीयबासीको टाउको दुखाइ बन्न नदिन उनीहरूलाई भगाइने गरेको उनी बताउँछन् । मानवलाई बचाउने र लंगुरलाई क्षति हुन नदिने दोहोरो भूमिका निभाउनुपरेको उनको अनुभव छ । केपटाउन आउने पर्यटकहरुले लंगुरलाई खानेकुरा दिंदा यसले थप समस्या बढाएको अर्का एक रेन्जर मार्क डाफेल्स बताउँछन् । पर्यटकले भोको ठानेर उनीहरूलाई खाने सामग्री दिंदा लंगुरहरु मान्छेको नजिक हुने र उनीहरुले हेपेर मानव वस्ती र सामानमा आक्रमण गर्नेगरेको डाफेल्सको भनाइ छ । यसकै नतिजा स्वरुप मानव वस्ती र घरहरुमा घुसेर खानेकुरा खाने गरेका लंगुरहरुले पसल तथा घरहरुमा रहेका रक्सी खाने गरेको र लंगुरहरु दिनभर रक्सीको मातमा सडकविचमै झुल्ने गरेको भेटिएको स्थानीय बताउंछन । यो क्रम बढ्न थालेको भन्दै स्थानीयले केपटाउनका लंगुरहरु जंड्याहाहुन थालेको बंताउंछन । अफ्रिकामा लंगुरमार्न नपाइने भएकाले आक्रमण र लुटपाटमा आएका लंगुरलाई धपाउन कठिन परेको स्थानीयको भनाइ छ । तथापि हरेक वर्ष अफ्रिकामा सयौं लंगुरहरु मानव वस्तीमा छिरेर ध्वंसमा उत्रंदा मारिने गरेका छन ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger